Skip to content

एनकासाद्वारा TKE कार्यक्रम सम्पन्न

नेपाल चार्टड  एकाउन्टेन्ट्स संस्था अन्तर्गत सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको संगठन नेपाल बिधार्थी संगठन  (एनाकासा)ले TKE कार्यक्रम सम्पन्न गरेको छ।  कर सम्बन्धि विभिन्न जानकारी र प्राबिधिक बिषय XBRL का बारेमा कार्यक्रममा प्रस्तुति एवं अन्तरक्रिया गरिएको थियो।  काठमाण्डौस्थित युनाइटेड् वोर्ड ट्रेड सेन्टर त्रिपुरेश्वोरमा आयोजित उक्त कार्यक्रम एनाकासाले गर्ने नियमित तालिका अनुसारको TKE कार्यक्रम हो। 
 उल्लेखनीय रुपमा बिधार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कर सम्बन्धि विभिन्न जानकारी मुलक प्रस्तुति सिए भव  नाथ दाहालले गर्नु भएको थियो भने आयुष श्रेष्ठ र उनको समुहको संयोजनमा आयुष श्रेष्ठले प्राविधक बिषय अन्तर्गत XBRL सम्बन्धि जानकारीमुलक प्रस्तुति राख्नु भएको थियो। एनाकासाले यसखाले कार्यक्रम विभिन्न समयमा गर्दै आएको छ भने ति कार्यक्रमहरुमा नेपाली सिए बिधार्थीहरुको पनि राम्रो उपस्थिति रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्