Skip to content

हातेमालो नेपाली बिधार्थी समुहद्वारा बिधार्थी सम्मान कार्यक्रम सम्पन्न

भारतमा रही सि.ए. अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको समूह हातेमालो नेपाली विद्यार्थी समूहले गत आइतबार “सि.ए. का विभिन्न तहमा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलार्ई सम्मान तथा एन.आई.आर.सी का प्रमुख सिए राधेश्याम वंशल सँगको अन्र्तवार्ता कार्यक्रम” सम्पन्न गरेको छ । हातेमालो नेपाली विद्यार्थी समूहका उपाध्यक्ष गणेश लाल बावु ठाकुरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि एन.आई.आर.सी का प्रमुख  सिए राधेश्याम वंशल रहनुभएको थियो भने विशिष्ट अतिथिहरुमा नेपाली राजदूतावासका नवनियुक्त सांस्कृतिक सल्लाहकार श्री कृष्ण प्रसाद पन्त नि.का.शा. अफ एन.आई.आर.सी का प्रमुख सिए राज चावला, एन.आई.आर.सी. का कार्यकारी सदस्य सिए हंशराज चुग रहनुभएको थियो ।  उक्त कार्यक्रममा सन् २०१४ सालमा सि.ए. का विभिन्न तहका परीक्षाहरु उत्तीर्ण गर्ने छात्रछात्राहरुलाई प्रशंसापत्र साथै मेडल तथा सिल्ड प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा सि.ए. फाइनल उत्तीर्ण गरेका विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको थियो । साथै आइ.पी.सी.सी. अन्तर्गत भारतभरिमा ४२ औँ र ४७ औँ स्थानमा आउन सफल आशिष दाहाल तथा समुन्द« सापकोटालाई विशेष सम्मान गरिएको थियो । साथै सि.पि.टी. अन्र्तगत भारतभरिमा चौथो स्थान र सातौँ स्थानमा आउन सफल प्रकाश पटेल तथा मन्जिता खड्कालाई विशेष सम्मान गरिएको थियो । 
सम्मान कार्यक्रमले विद्यार्थीहरुमा अझ राम्रो गर्ने हौसला प्रदान गर्ने हातामालोका उपाध्यक्ष तथा कार्यक्रममा सभाअध्यक्ष रहनुभएका गणेश लाल बावु ठाकुरले बताउनुभएको छ । एन.आई.आर.सी प्रमुख सिए राधेश्याम वंशलसँग सन् २०१६ देखि लागू हुन गईरहेको नयाँ पाठ्यक्रम र अरु विभिन्न सान्दर्भिक विषयमाहातेमालोका कार्यकारी सदस्य सुनिल बुढाथोकीले अन्र्तवार्ता लिएका थिए । साथै विद्यार्थीहरुले पढाई तथा प्रशिक्षणमा आईपरेका विभिन्न समस्याहरु एन.आई.आर.सी. प्रमुखसमक्ष राखेका थिए ।  कार्यक्रम हातेमालो नेपाली विद्यार्थी समूहका कार्यकारी सदस्य सुमन लम्सालको संयोजनामा आयोजना भएको थियो । उक्त कार्यक्रममै हातेमालोले आफ्नो आधिकारिक वेवसाइट धधध।यगचजलकन।यचन पनि विमोचन गरेको हातेमालोका अध्यक्ष विशाल भट्टराईले बताउनु भएको छ । यस संगसंगै हातोमालोका बारेमा पूर्ण जानकारी यस वेवसाइटबाट थाहा पाउन सकिने भएको छ । साथै उक्त कार्यक्रममा हातेमालोले अब आउनै लागेको नेपालीहरुको महान् चाड होलीलाई लक्षित गर्दै अगाडि स्वयंम्बुका दुई आखाँ र नेपालको झण्डा साथै पछाडि हातेमालोको आधिकारिक लोगो अंकित टि–सर्ट पनि विमोचन गरको थियो ।

प्रतिक्रिया दिनुहोस्