Skip to content

समाचार प्रभाव : आईक्यानले वेव साइटमा रहेको त्रुटी सच्यायो

आईक्यानले परिक्षा फारमलाई लिएर राखेको त्रुटीपूर्ण सुचना सच्याएको छ।  यसअघि परिक्षाको फारमलाई लिएर राखिएको सुचनामा आईक्यानले “क्याप वान, क्याप टु एण्ड क्याप टु” लेखी भ्रम छरेको थियो।  तर त्यस त्रुटिलाई सिए सरोकारले व्यंग्यात्मक रुपमा “क्याप थ्रीको चाहिं परिक्षा नै दिनु नपर्ने हो र ?” सिर्षकको समाचार प्रकाशित गरेपछि आईक्यानले उक्त सुचना सच्याएको हो। 
यस अघि सिए सरोकारमा प्रकाशित समाचार यस्तो थियो :
आईक्यानको वेब साइटमा मनपरी ढंगले सुचनाहरु अपलोड हुन थालेपछी बिधार्थीहरु
निकै नै हैरानीमा परेका छन्।  यसै बीच आईक्यानले जारी गरेको सुचनामा 
परिक्षा फर्म डाउनलोड गर्ने ठाउँमा “क्याप वान , क्याप टु एण्ड क्याप टु”
लेख्दै क्याप थ्री नै छुटाएपछी बिधार्थीहरु भ्रम मा परेका छन्।  यसै बीच
अहिले नेपाली सिए बजारमा ठट्टा चल्न थालेको छ : के अव क्याप थ्रीको चाहिं
परिक्षा नै दिनु नपर्ने हो र ? यस अघि पनि आईक्यानको वेब साइटमा विभिन्न
खाले गल्तिहरु देखिएका थिए।  कहिले आरएहरुको लिस्टमा सिएहरुको नाम राख्ने,
कहिले २०१४ को सिए परिक्षाको नतिजामा २०१५ लेख्ने, कहिले हल परिक्षाको
अन्तिम मिति नै गलत लेखिदिने जस्ता थुप्रै त्रुटिहरु आईक्यानको वेव साइटमा
यस अघि पनि देखिएका थिए।  तर जति नै त्रुटी देखिए पनि आईक्यानले त्यसलाई
सुधार्न भने सकेको छैन।

प्रतिक्रिया दिनुहोस्