
चार्टड एकाउन्टेन्ट्स संस्थाले आफ्नो वेब साईटमा राखेको एसिसिए सम्बन्धी
आफ्नो एक निर्णयको सुचनामा एसिसिएको पूर्ण रुप अर्थात FULL FORM नै गलत
लेखेको छ । एसिसिएको पूर्ण रुप ASSOCIATION OF CHARTERED CERTIFIED
ACCOUNTANTS हुनु पर्नेमा ASSOCIATION OF CERTIFIED CHARTERED ACCOUNTANTS
लेखिएको छ । केही समय अगाडि एसिसिएहरुका लागि आइक्यान प्रबेशका लागि बाटो
खोलिदिएको बताउने आइक्यानले आफ्नो सुचनामा भने एसिसिएको पूर्ण रुप नै गलत
लेखेको हो । यसै बिच आइक्यानले गरेको यो गल्तीले आफुहरुलाई दुखी बनाएको
केही एसिसिए बिद्यार्थीहरुले प्रतिकृया दिएका छन ।अच्युत पन्त भन्छन ,” एन
कानुनमा हुने सामान्य त्रुटिले पनि सम्स्या ल्याउन सक्छन । आइक्यानले गरेको
गल्ती निकै दु:खद छ । “

तपाइँले हालसालै हल वा पोस्टल परिक्षाका लागि दर्ता गर्नुभएको छ ? यदि छ
भने तपाइँले कुनै पनि परिक्षाको दर्ता गरिसकेपछी आउने ‘कन्फरमेसन मेसेज’मा
भएको त्रुटी पनि फेला पार्नुभएको होला। पार्नु भएको छैन भने माथिको
तस्बिरलाई नियालेर हेर्नुस त ! आईक्यानको वेब साइटमा पनि व्याकरणीय त्रुटी
फेला परेको छ। परिक्षा दर्ता पछी आईक्यानको वेब साइटमा देखिने संदेश मा
“Your exam registration has been completed successfully ” हुनु पर्नेमा
विभिन्न व्याकरणीय त्रुटी फेला परेको छ। संदेश मा has हुनु पर्ने
ठाउँ मा Bas भएको छ भने successfully को ‘स्पेलिंङ्’ पनि गलत छ। यसका साथै
प्रत्येक शब्दको अगाडी राखिएको क्यापिटल अक्षर पनि व्याकरणीय हिसाबले गलत
छ। यस अघि पनि आईक्यानले छापेको निमन्त्रणा कार्डमा समेत व्याकरणीय
त्रुटी भेटिएको थियो।
आईक्यानको तपाइको नतिजा हेर्नुभयो ? फेल भैयो भने पनि नतिजा एक पटक
हेर्नुस है , आईक्यानले पास भएकाहरुलाई पनि फेल भन्दै बिधार्थीहरुलाई
झुक्काइरहेको छ। आईक्यानको नतिजामा केहि यस्ता उदाहरणहरु भेटिएका छन् जसमा
नामावोलीमा उतिर्ण भनिएको छ भने मार्कशिटमा फेल भएको देखाईएको छ। तलका
तस्बिरहरु हेर्नुस। तस्बिर आफैं बोलिरहेको छ :
![]() |
नामावोली मा पास देखाइएको नतिजा |
![]() |
नामावलीमा पास देखाइएका देखाइएका बिधार्थीको फेल भएको देखाइएको मार्कशिट |
![]() |
नामावलीमा पास देखाइएका बिधार्थीको फेल भएको देखाइएको मार्कशिट |
सागर
बिक्रम अर्याल एक प्रतिनिधि पात्र। जसले आफ्नो मार्कसीट हेर्न खोजे
आईक्यानको वेब साइटमा। पाँच बजे खुल्नु पर्ने साइट बल्ल बल्ल केहि घण्टा
ढिलो गरि खुल्यो तै पनि हैरानी सकिएन। आफ्नो प्राप्तांक हेर्न आफ्नो
रजिस्ट्रेसन नंबर हाल्दा आफ्नो एकाउन्ट त खुल्यो तर नतिजा हेर्न खोज्दा
नम्बर नै ‘इन्भ्यालिड ‘ भएको संदेश आयो। अझ तहमा क्याप टु नै छान्दा पनि
समस्या सुल्झिएन। यसरि हुनै नसक्ने कुरालाई समस्या बनाएर आईक्यानले
बिधार्थीलाई दु:ख दिईरहेको छ। सागर मात्र होइन आईक्यानका सयौं
बिधार्थीलाई यसरि आईक्यानको वेब साइटका कारण हैरानी खेप्नु परेको छ।
सुचनाहरु अपलोड हुन थालेपछी बिधार्थीहरु निकै नै हैरानीमा परेका छन्। यसै
बीच आईक्यानले जारी गरेको सुचनामा परिक्षा फर्म डाउनलोड गर्ने ठाउँमा
“क्याप वान , क्याप टु एण्ड क्याप टु” लेख्दै क्याप थ्री नै छुटाएपछी
बिधार्थीहरु भ्रम मा परेका छन्। यसै बीच अहिले नेपाली सिए बजारमा ठट्टा
चल्न थालेको छ : के अव क्याप थ्रीको चाहिं परिक्षा नै दिनु नपर्ने हो र ?
यस अघि पनि आईक्यानको वेब साइटमा विभिन्न खाले गल्तिहरु देखिएका थिए।
कहिले आरएहरुको लिस्टमा सिएहरुको नाम राख्ने, कहिले २०१४ को सिए परिक्षाको
नतिजामा २०१५ लेख्ने, कहिले हल परिक्षाको अन्तिम मिति नै गलत लेखिदिने
जस्ता थुप्रै त्रुटिहरु आईक्यानको वेव साइटमा यस अघि पनि देखिएका थिए। तर
जति नै त्रुटी देखिए पनि आईक्यानले त्यसलाई सुधार्न भने सकेको छैन।
अप्रिल, अर्थात अप्रिल फुलको दिन ! अरुलाई झुक्काएर मुर्ख बनाउने दिन !
तपाइँले अरुलाई कतिपय अवस्थामा मुर्ख बनाउनु भयो होला वा अरुले पनि
तपाईंलाई मुर्ख बनाए होलान्। तर देशको निकै नै जिम्मेवार संस्था आर्थात
आईक्यानले आफ्ना बिधार्थीहरुलाई झुक्काएको छ। पाठ्यक्रम परिमार्जन
सम्बन्धि सुचनामा परिमार्जित पाठ्यक्रम आईक्यानको वेब साइटमा राख्दै नराखी
आईक्यानको वेव साइटमा राखिएको छ भनेर बिधार्थीहरुलाई आईक्यानले नराम्रोसंग
झुक्काएको छ।
सुचना पढेर आईक्यानको वेब साइटमा परिमार्जित पाठ्यक्रम हेर्न खोजें। तर
आज त अप्रिल फूल पो हो ! आईक्यानले नमज्जासंग नै झुक्काएछ।” एक बिधार्थीले
सिए सरोकारलाई भने। यस अघि पनि आईक्यानले आईक्यानको वेव साइटमा राखिएको
भन्दै सुचना वा जानकारी नराखेको केहि उदाहरण भएको बिधार्थीहरु बताउँछन्।
यसपाली पनि आईक्यानको वेब साइटमा नराखी नै राखिएको भन्दै सुचना छापेर
आईक्यानले बिधार्थीहरुलाई झुक्काएको छ। मार्च अन्तिममा ढिलो गरी राखिएको
सुचना बिधार्थीहरुले अप्रिल १ मा हेरेपछी अहिले बिधार्थीहरु ठट्टा गर्दै
भन्न थालेका छन्, ” हुँदाहुदै आई क्यानले पनि अप्रिल फुल मनायो।”
प्रतिक्रिया दिनुहोस्