श्री प्रमुख निर्वाचन अधिकृतज्यू । मिति २०७१ । १२ । १७
निर्वाचन अधिकृतको कार्यालय
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था
सातदोबाटो, ललितपुर
विषय : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था परिषदको सातौं निर्वाचन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा आसन्न परिषदको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउँनेकार्यमा त्यस कार्यालयको भुमिका महत्वपुर्ण रहने कुरा निसन्देह छ । त्यस कार्यालयबाट जारी गरिएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स निर्वाचन निर्देशिका २०६८ मा निम्न बमोजिम व्यवस्था गरिनु निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउँनेकार्यमा सहयोगको लागि अपरिहार्य देखिएकोले यसलाई गम्भिर रुपमा मनन गरी आवश्यक ब्यवस्था मिलाउँनु हुन अनुरोध गर्दछु ।
१. हाल जारी गरिएको निर्वाचन निर्देशिकामा काठमाडौं उपत्यकाको लागि प्रत्यक्ष मतदान र उपत्यका बाहिरका मतदाताको लागि हुलाकबाट मतदान गरि दुइ प्रकारको मतदान बिधि रहेकोमा बढि भन्दा बढि मतदातालाई प्रत्यक्ष मतदानको अवसर प्रदान गर्न क्षेत्रिय स्तरमा प्रत्यक्ष मतदानको ब्यवस्था गर्ने ।
२. प्रत्यक्ष मतदानको क्षेत्रमा नसमेटिएका मतदाताहरुको हकमा सम्बन्धित मतदाताले नै स्यम् मताधिकार प्रयोग गरेको कुराको भरपर्दो, बिस्वसनिय तथा ब्यवहारिक आधार तयार गरेर मात्र मतपत्र हुलाकबाट पठाउँने ब्यवस्था गर्ने । मतदान ब्यक्तिगत अधिकार भएको र सो को हस्तान्तरण हुन नसक्ने हुनाले उक्त कुरा सुनिस्चित हुनु पर्ने ।
३. कुनै मतदाताको लागि हुलाकबाट मतपत्र पठाएकोमा निज स्यम् उपस्थित भई आफुले मताधिकार उपयोग नगरेको ब्यहोरा उल्लेख गरि निर्वाचन अधिकृत समक्ष निवेदन दिएमा निजलाई मताधिकारबाट वन्चित नगरिने कुराको सुनिस्चित गर्ने ।
निवेदक
जनक कुमार बराल
सदस्यता नं. ३९८
प्रतिक्रिया दिनुहोस्