Skip to content

सिए शैलेश ओझाको स्मृतिमा इटहरी

सिए सैलेश ओझा
इटहरी आज सहरीकरण भएको छ । अग्ला घर अनि व्यस्त बजार । मानिसको भिड अनि गाडीको भिड । सायद इटहरीका नया बाशीहरुलाइ लाग्दो हो इटहरी यस्तै थियो ।

इटहरी कस्तो थियो अनि कसरि एस्तो भयो भन्ने कुरा सायद केहिले मात्र बुझ्ने प्रयास गर्नु भो या केहि प्रयास पछि तेसै बीचमा छाडी दिनु भो यो त मलाई थाहा छैन तर मेरो मन मस्तिकमा त्यो पुरानो इटहरी झल्झली सम्झनाको रुपमा ताजै छ । त्यो गोल इटहरी चौक अनि तिन तल्ले काठको घर । सायद तपाई हरुलाई थाहा छैन होला । अनि पुरानो गाऊ पंचायत भवन त्यो पनि टालीले छाएको । सिरिस को रुख अनि छेउको पानी पोखरी । तपाई लाइ थाहा छ त्यो पोखरी को वरिपरि भैसी पालन गर्थेनि गुहार हरुको समुदायले अनि तिज जस्ता चाड बाडमा दुध पाउनै गारो हुन्थ्यो । अनि त्यो नजिकको प्रहरी चौकी । तेंग्रा खोला अनि वर्षा यमको बाढी । साचै भानु पर्दा सायद २०३८ साल तिरको बाडीले होला श्री जनता स्कुललाइ आधि पुरेको थियो । आज पनि त्यो देख्न सकिन्छ स्कुल मा गएर हेर्ने हो भने ।

हजुर मेरो नाम शैलेश ओझा हो अनि मैले इटहरीको श्री जनता स्कुल बाट २०४४ सालमा एसएलसी परिक्षा  उत्रिन गरेको हु । मेरा धेरै बाल्य सहपाठीहरु आझै पानी इटहरीमा हुनु हुन्छ । म इटहरी बाट २०४७ साल देखि आफ्नो पढाईको सिलसिलामा टाढा छु । अनि हाल बेलायेत मा छु । जति टाढा भए पानी आफ्नो हुर्केको ठाउँको सम्झना र माया आसध्य लाग्दो रहेछ । म मेरो केही सम्झना हरु आज तपाईहरुसंग बाढ्न चाहन्छु ।

हामी सानो हुँदा राजा रानीको जन्म दिनमा नारा जुलुसका साथ नगर परिक्रमा गरि गाऊ पंचायेतको प्रांगणमा भेला हुन्थियम । केहि बिसिस्ट व्यक्तिले भासन गर्नु हुन्थियो । अनि खेलकुद कार्यक्रम हुन्थियो । डोरी ताना तान र मुजिकल चेयेर खुब प्रचलित खेल थियो तेसबेला । इटहरीका साहित्यकारका आग्राज स्व धरणीधर दाहालज्युको मिहेनत स्वरुप कविता बचन कार्यक्रम पानी हुन्थियो । स्कुलमा हाजिरजवाफ कार्यक्रम हुन्थियो भने राजा क्लबबाट फुटबल कार्यक्रम हुन्थ्यो ।

दशैँ तिहार इटहरीमा खुबै रमझमका साथ मानिन्थ्यो । राजा क्लबले संस्कृतिक कार्यक्रम गर्थ्यो । करिब ३ महिना अगाडी देखि नै यसको तयारी हुन्थियो । जनता स्कुलको भवनमा नाच गानको अभियास गरिन्थ्यो । उ बेलाका केहि पुराना दाजु दिदि हरुले सिकाउने प्रयास गर्नु हुन्थ्यो  । मलाई आज अचम्म लाग्छ कि उहाहरुले कहाँ र कसरि सिक्नुभएको थियो । खैर उहाहरुको सामर्थ्यमा प्रश्न नगरु किनकी जे गर्नु भयो तेसबेलामा उच्च श्रेणीको थियो । उहाहरु प्रति मेरो आभार छ । गाउँ पंचायतको भवन सानो भएको हुँदा पछि उक्त संस्कृति कार्यक्रम फुटबल मैदानमा रहेको ठाउँमा हुन् थाल्यो । स्कुलका बेञ्च हामीले खुब ओसार्यौ नि अभिबाकलाइ बस्नको लागि । तर हामी खुसि साथ त्यो कम गर्थ्यौं  किनकी साझमा कार्यक्रम जो हेर्नु थियो ।

फुटबलको कुरा नगर्दा इटहरीको इतिहास अपुरो हुन्छ । म सानो छदा फुटबल खुब मन पर्थ्यो  । म कदमा अलिक सानो हुँदा आगला भनौदाहरुले (अहिले म अग्लो छु तिनीहरु भन्दा क्या) मलाई प्रतियोगितामा खेल्न दिदैंनथिए । तर म खेल हुँदा दर्सक हुन् चाही छाड्दिनथ्यें  । इटहरीबाट टाढा टाढा पानी जन्थियौं  । घर आउदा रति हुन्थ्यो  । रात्री बसमा कुखुरा चोरेर इटहरीको होटेलमा पकाएर खाएको त कहाँ बिर्सनु हो? अनि रति घर पुग्दा बुवाको डर लग्थ्यो  । तर बहाना पहिला नै बनाईसक्थे कुटाईबाट बच्नको लागि । यस्ता रमाइला क्षणहरु सम्झेर ल्याउँदा त खुब रमाइलो लाग्छ आज ।

इटहरीको बिकाशमा यहाँका पुराना व्यक्तिहरुको ठुलो योगदान छ । इटहरीको बिसेसता भनेको नै भाइचारा हो । अर्थात इटहरीको समस्याको समाधानको लागि सम्पूर्ण इटहरीबासी एक भएर लाग्नुहुन्छ । को कुन पार्टी को हो अथवा कुन राजनैतिक विचार धारा को हो त्यसको कुनै मूल्य रहदैन । साचै भन्ने हो भने इटहरी एउटा परिवार जस्तो छ । यहाका प्रत्येक  व्यक्ति एक आपसमा राम्रोसंग परिचित हुनुहुन्छ । आफु भन्दा ठुलोको आदर गर्ने र सानोलाइ माया गर्ने इटहरीबासीको एतिहसिक गुण हो भन्दा गलत नहोला । म सानो छदा स्कुलमा लेख्ने बेलामा मेरो पेन्सिल थिएन  । जयपाल बोहरा सरले मलाई त्यस  दिन पेन्सिल किनेर दिनु भएको म आझै सम्झन्छु । सायद यस घटनाले प्रस्ट भन्न सक्छ कि हामी इटहरी बासी एक परिवार हौ । हामी कसैको समस्यालाइ आफ्नै ठानी सहयोग गर्न कुनै पानी बेलामा तयार छौ ।

बजारीकरण र ब्यबसायको कुरा गर्दा गोपाल स्टोर , हाम्रो पसल , जय नेपाल होटेल , कन्चन झंगा होटेल , श्री कृष्ण टाकिज , हरि पसल , बर्मेलीको कपडा र जुत्ता चप्पलको पसल , गौतम मेडिकल हल , राठी परिवारको पसल , पुराना फेन्सी स्टोर (गायत्री , लोव्ली ), अमर दिप होटेल , घाम छाया स्टुडियो , टोप टु डेट टेलेर , रिजाल को धान मिल , नेवार परिवारको मिलहरु र धेरै अरु व्यबसाये हरुले नै हो इटहरीको उधोगमा पहिलो जग हालेको हो । उहरुको देनलाइ भुल्न सकिदैन । हुन सक्छ परिवर्तनसंगै उहरुको दोर्सो पुस्ताले व्यापारमा बिबिधि करण गर्नुभयो  होला तर मलाई जहाँसम्म लाग्छ अझै पनी उहाहरु इटहरीको ब्यबसाहिक विकासमा लागि रहनु भएको छ ।

इटहरीको राजनैतिक पक्षको बारेमा म धेरै नै अनभिज्ञ छु । २०४७ सालको प्रजातन्त्र संगै म पनि इटहरीबाट टाढा छु । जहाँसम्म प्रजातन्त्र भन्दा पहिलेको इटहरीमा पुराना व्यक्ति श्री राम कुमार सुब्बाले पंचायतको प्रधान पन्चको हैसियतले गाऊको विकाशमा ठुलो देन पुर्याउनु भएको छ भन्दा गलत नहोला । सानोबाबु र कृष्ण राइले माननीयको हैसियतले पंचायती व्यवस्थामा सुनसरीको प्रतिनिधित्व गर्नुभएको मलाई सम्झना छ । प्रजातन्त्र पश्चात नेपाली कांग्रेश र अन्य पार्टीका व्यक्तिहरुले सुनसरी जिल्ला मार्फत सम्भिधानसभामा प्रतिनिधित्व  गर्नुभएको छ । हाल साल यो सामाजिक संजाल मार्फत थुप्रै पुराना साथी भाई , अग्रज र साना भाई बहिनिहरुसंग सम्पर्क हुन थालेको छ । सायद यसै सम्पर्कले गर्दा आज मलाई पनि केहि कुरा तपाईहरुसंग बाढ्न मन लगेर लेख्दै छु । गल्ति लेखेको छ भने सचियार पढ्नु होला र गल्तिको लागि अग्रिम माफ पाऊ। -पूर्वेलीन्युज डटकमबाट

प्रतिक्रिया दिनुहोस्