Skip to content

म आईक्यानको सदश्य हुन कहाँ चुकें ? शैलेश ओझाको लेख

हिजो आज सीए संस्थाको चुनाव निकैनै ताते जस्तो छ।  बिधार्थी र उम्मेदवार हरुले आफ्ना आफ्ना विचारहरु राख्ने क्रम जारी छ I यसै सन्दर्भ मा मलाई पनि केहि कुरा राख्न मन लागेको छ।   यो मेरो व्यक्तिगत मन दुखेको कुरा पनि हो।

म पनि भारतको सीए संस्था बाट सन् १९९७ नोवेम्बेरमा सीए भएको हु। त्यसै संस्थाबाट सदस्यता लिएको छू जुन वार्षिक रुपमा नविकरण गरिराखेको छु।  मेरो सदस्यता नम्बर २०८८७१ हो।  सीए संस्थाको सदस्यता नलिई  आफ्नो नाम को पछाडी सीए लेख्न नपाइने नियम छ।  जब म उ बेलामा नेपालमा थिए त्यस बेला नेपालको सीए संस्थाले थप सदस्यको भर्ना बन्द गरेको थियो।  किन र के कारणले हो मलाई राम्रोसंग जानकारी छैन। म पनि काममा व्यस्त थिएँ अनि  समय मुताबिक सन् २००१ जुलाईमा म नेपाल छोडेर बेलायत आएँ। त्यसपछि यहाँ नै एसीसीए गरेर लेखा ब्यबसायमा नै कार्यरत छु। मेरो फसीसीए दर्ता नम्बर ०८००१४५ हो I यो पनि म वार्षिक रुपमा नविकरण गर्दछु। तसर्थ म भारतको सीए संस्था र बेलायत को एसीसीएको सदस्य हुँ।

म यहाँ आएपछि नेपालको सीए संस्थाले फेरी नयाँ सदस्यको लागि भर्ना खुला गरेछ। अनि मभन्दा पनि पछाडीका समयमा भारतको सीए संस्थाबाट फाइनल परिक्षा पास गर्नेलाई  नेपाल सीए संस्थाको सदस्यता प्रदान गरेछ।  मात्र  फाइनल परिक्षा पास गरेको प्रमाण पत्रको आधारमा वा भारतको सीए संस्थाको सदस्यको प्रमाण पत्रको आधारमा नेपालको सीएको सदस्यता प्रदान गरिएको हो त्यसको मलाई यकिन जानकारी छैन। केहि समय पश्चात तिनै सदस्यहरुको जमातले नियम परिवर्तन गरि नया नियम लागु गरेछन। यसरि नियम परिवर्तन गर्दा मैले नेपाल सीए संस्थाको साधारण सदस्य लिनको लागि बिभिन्न परिक्षा र तालिम पो लिनु पर्ने भएछ !  मेरो मन नयाँ  नियम बनाएको भनेर दुखेको छैन तर म भन्दा पछाडी भारतको सीए संस्थाबाट फाइनल परिक्षा पास गर्नेले त्यही प्रमाण पत्रको आधारमा नेपाल सीए संस्थाको सदस्य पाउने अनि मैले नपाउने ? अनि अर्को कुरा नया निमयमा भने झैँ मैले त्रिभुवन विस्वबिध्यालय मार्फत बि.कम. पढे ताका नै नेपालको आयकर, ब्यबसाहिक कानुन, लेखा र लेखा परिक्षन विषयमा परिक्षा उत्रिण गरिसके को छु I  अब कुरा आउछ नेपालमा अनुभबको।  मैले भारतबाट सीए भएपछि नेपालमा ३ बर्ष भन्दा पनि बढी  समय लेखा ब्यबसायीको रुपमा काम गरिसकेको छु।  अब म नेपालको सीए संस्थाको साधारण सदस्य पाउंनको लागि कहाँ चुकें?

मेरा अग्रज र समकालीन साथीहरु तपाईहरुलाई  आउने चुनाबको हार्दिक सुभकामना छ।   कृपया मेरो कुरामाथि केहि विचार गरिदिनुहुन्छ भनें पूर्ण विस्वास लिएको छु।

उही तपाईहरुको ब्यबसायीक मित्र

शैलेश ओझा  ACA (ICAI), FCCA (UK)

बेलायत

१० जून २०१५

सीएको नया नियम जुन मैले नेपाल सीए संस्थाको वेब साइट  बाट लिई को हो I

 2.2. Those who have passed the Chartered Accountancy Course from The Institute of Chartered Accountant of India (ICAI):

i.        Passed the Final Level education

ii.        Must have received Practical Training as prescribed by ICAI

iii.        The Applicant possesses membership certificate and Certificate of Practice issued by ICAI.

A person fulfilling above criteria shall apply for membership and pass the Chartered Accountant Membership Examination conducted by ICAN. There are three papers on Commercial Laws, Direct Taxes and Indirect Taxes for the examination.

 

प्रतिक्रिया दिनुहोस्