अर्काको विद्यार्थीलाइ आफ्नो दावी गरेर अल्डाईन सिए नेपालले झुटको खेती गरिरहेको छ । सीपीटि र आइपीसीसीमा भारतभर प्रथम भएका प्रणव प्रतिक तुल्स्यान आफ्नो विद्यार्थी भएको झुटो दावी गर्दै सामाजिक संजाल फेसबुकमा गलत प्रचार भइरहेको छ । अल्डाईन सिए नेपालले प्रणव प्रतिक तुल्स्यान आफ्नो विद्यार्थी भएको बताउँदै फेसबुकमा गलत प्रचार एकातर्फ गरिरहेको छ भने अरुले त्यसमा गरेको टिप्पणीमा पनि उसले गलत दावी गरिरहेको छ। अल्डाईन सिए नेपालले आफ्नो बिज्ञापनमा २०१५ नोभेम्बरको परिक्षामा भारतभरमै प्रथम विद्यार्थी आफ्नो भएको झुटो दावी गरिरहेको छ । जवकी प्रणव प्रतिक तुल्स्यान एओसीमा अध्ययन गरेका विद्यार्थी हुन् ।
म एओसीकै विद्यार्थी हुँ, अल्डाईन सिए नेपालले गलत लेख्यो : प्रणव प्रतिक : सिए सरोकारसँग कुराकानी गर्दै भारतभरमै प्रथम आएका विद्यार्थी प्रणव प्रतिक तुल्स्यानले आफु एओसीकै विद्यार्थी भएको र अल्डाईन सिए नेपालले गरेको दावी झुटो भएको बताएका छन् । प्रवीन शर्माको निमंत्रनामा उनीसँग भेट भएको तर आफुले अल्डाईन सिए नेपालमा पढेको भन्ने कतै उल्लेख नगरेको उनको भनाइ छ । अल्डाईन सिए नेपालले गरेको कार्यबाट आफु निकैनै दुखी भएको उनको भनाइ छ ।
प्रणव प्रतिक एओसीकै विद्यार्थी हुन् : अल्डाईन सिए नेपालका प्रतिनिधि : फेसबुकमा झुटको प्रचार गर्दै नयाँ भर्नाका लागि नम्बर पनि दिईएको छ । तर दिईएको नम्बरमा सिए सरोकारले फोन गर्दा अल्डाईन सिए नेपालका प्रतिनिधि धर्म सुबेदीले यसबारे आफुलाई थाहा नभएको र प्रणव प्रतिक तुल्स्यान एओसीके विद्यार्थी भएको बताएका छन् ।
कुरा सुन्दा अचम्मित भएँ : एओसीका निर्देशक : एओसीका निर्देशक दीपक पाण्डेले आफुले यसबारे थाहा पाउँदा निकै अचम्मित भएको बताएका छन्। ‘किन यस्तो दावी गरियो थाहा नै छैन । सबैलाई थाहा छ उनी एओसीकै विद्यार्थी हुन् भनेर । यसबारे थप प्रतिक्रिया भने केहि समय पछी दिने उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस्