Skip to content

‘हेलो हातेमालो ! त्यो हिसावकिताव चाहिं के भो कुन्नि?’, विनेष थापाको ब्लग

बिनेश थापा 
देशमा लोकतन्त्र आएपछि अभिव्यक्ति स्वतन्त्रताका खुब कुरा भए, हुन्छन् त भइरहेका छन् पनि । तर धेरै विद्यार्थीको सपनाको शहर, दिल्लीको लक्ष्मीनगरमा भएको एउटा कार्यक्रम र उक्त कार्यक्रममा भएको घोटालाबारे मैले प्रश्न गर्दा मलाई हातेमालो नेपाली विद्यार्थी समूह (एचएनएसजी) ले फेसबुक ग्रुपमा ब्लक नै गर्यो । कुरा के भएको हो भन्ने स्पष्ट गर्नुपर्नेमा मलाई ब्लक गरिएको घटनाले धेरै कुरा आफैं बोल्छ ।  तर पनि आज केहि कुरा लेख्दैछु ।   जसको उद्देश्य कसलाई आरोप प्रत्यारोप भन्दापनि सम्बन्धित व्यक्ति वा संस्था हुन् भन्ने चेतना होस् भन्ने हो । 
घटना गत वर्ष हातेमालो नेपाली विद्यार्थी समुहले गरेको नयाँ बर्षको कार्यक्रमको हो ।  १२ अप्रिल, २०१५ मा लब्ली पब्लिक स्कुलमा भएको उक्त कार्यक्रममा घोटाला भएको मेरो प्रश्नको उत्तर दिनु सट्टा मलाई किन फेसबुकमा ब्लक गरियो ? धेरै कुरा त मैले भन्नै पर्दैन । धेरै साथीहरुलाई थाहा नै छ । तर पनि केहि नभनी नहुने कुराहरु छन् । 
कार्यक्रममा रकमको चलखेल भएकै हो ।  हातेमालोका कतिपय साथीहरुले उक्त कार्यक्रमबाट आर्थिक स्वार्थ पूरा गरेकै हुन् । यस्तो भ्रष्ट कार्यक्रम रोक्न भनेर एक जना सिए विद्यार्थी बिमल अधिकारीले नेपाली दुताबासमा कार्यक्रम रोकी पाउँ भनी निवेदन पनि दिएका थिए । त्यसपछि मलाई कार्यक्रम ब्यवस्थापन गर्न बोलईयो   त्यो बेला म नै थिएँ हामी नेपालीको कार्यक्रम रोक्न नेपाली दुताबासमा गरिएको ‘कम्प्लेन’ अगाडी नबढाउनु भन्ने । अझ त्यो बेला अरु विद्यार्थी एसोसिएसन हरुलाई पनि मिलेर अगाडी बढौ, भाइचारा बढाउन एउटै टिशर्ट लाउँ भन्ने । नेपालीहरुले गरेको कार्यक्रम सफल हुँदा हामी सबै नेपालीहरुकै गर्वको कुरा हुन्थ्यो ।
तर पछि थाहा भयो, कार्यक्रममा थुप्रै घोटाला भएका रहेछन् । स्टेजलाइ दोब्बर पैसा दीईएको थियो ।  साउण्ड र लाइटलाइ  पनि दिनु पर्नेभन्दा बढी पैसा दिइएको थियो । कार्यक्रममा प्रायोजन नगरे व्यवसाय नै बन्द गरीदिने धम्की दिएर केहि साथीहरुले प्रायोजक समेत खोजेका थिए  । कार्यक्रमको पास वितरणमा पनि गम्भीर खालका घोटाला भएका छन् । धेरै पास बेचेर कम देखाइएका थिए । 
हातेमालो नेपाली विद्यार्थी समुहले आफ्नो ७औं साधारण सभामा समूह निकै घाटामा रहेको सार्वजनिक गरेको थियो । ४ अप्रिल, २०१६ मा हातेमालो नेपाली विद्यार्थी समुहका हालका अध्यक्ष सुनील बुढाथोकीले शेयर गरेको तश्वीरमा मैले ,  “most corrupted event ever by CA Student…sry to say but its true” भनेर कमेन्ट गरें । तर त्यसको स्पष्टिकरण दिनुको सट्टा मलाई ब्लक गरियो ग्रुपबाट । आखिर किन ? के एउटा सामान्य विद्यार्थीले यस्तो प्रश्न उठाउँदा त्यसको जवाफ दिनेकि  ब्लक गर्दिने ? मलाई यसको जवाफ चाहिएको छ । 

हो म कमेन्ट गर्छु ।  पहिला पनि गरेको थिएँ ।  सीए एनएस युको कार्यक्रममा स्टेजमै उक्लिएर पनि कमेन्ट गरेको थिएँ ।  तर उनीहरु सुध्रिए ।  हातेमालोका साथीहरु कहिले सुध्रने ? जानकारी पाउँ ! 

-बिनेश थापा 


(यो लेखकको  व्यक्तिगत  विचार  हो    । यसमा सिए सरोकारको कुनै पनि सम्पादकिय दायित्व छैन । )

प्रतिक्रिया दिनुहोस्