Skip to content

विवादमा मुछिंदै लेखा परीक्षकहरू

महालेखा  परीक्षक  कार्यालयको  टोली रौतहटको  गौरमा  लेखा  परीक्षण  सकेरचितवनको  भरतपुर  फर्कंदै थियो। जिल्ला  स्वास्थ्य  कार्यालय  रौतहटका लेखा प्रमुख राजेन्द्र यादवका साथमा थिए, लेखापरीक्षण निर्देशक घनश्याम अधिकारी,  लेखा  परीक्षण  अधिकृतद्वय बौद्धराज  अर्याल  र  डोरमणि  घिमिरे। टोली सवार गाडीलाई पूर्व–पश्चिमराजमार्गको  रातमाटेमा  अख्तियारकोटोलीले पक्राउ गरी खानतलासी गर्यो । 
त्यसक्रममा  जिल्ला  स्वास्थ्य  रौतहटका लेखा अधिकृत यादवबाट ६ लाख रुपैयाँ  बरामद भयो भने बा“कीतीन जनास“ग करिब १÷१लाख  भेटियो। चितवन  फर्केपछि  नरम  भाषाकोप्रारम्भिक  लेखा  परीक्षण  प्रतिवेदन  दिनेर  लेखा  अधिकृतको  साथमा  रहेको  बिटो आफूले  लिने  योजना  रहेछ,’  महालेखा परीक्षकको  कार्यालय स्रोतले  भन्यो, । त्यसपछि उनीहरूलाई प्रशासनमा सरुवागरेर  थामथुम  गरिएको  छ ।’  बरामद नगदको  बिटो घूसबापतकै  भएकोभनी पुष्टि हुन नसकेपछि अख्तियारकोमध्यमाञ्चल  क्षेत्रीय  कार्यालय,  हेटौंडालेघटनालाई  तामेलीमा  राखिदियो।डिभिजन सडक कार्यालय, भक्तपुरकोलेखा  परीक्षण  प्रतिवेदन  तयार  गर्ने क्रममा  सुपरभिजन  गरिरहेका  नायब महालेखा  परीक्षकले  अनियमितताका विषयवस्तु कडाइका साथ राख्न निर्देशनदिए। 
त्यसक्रममा लेखा परीक्षण निर्देशकहेमबहादुर  कार्की  र  लेखा  परीक्षण अधिकारी  टोपलाल  पौडेलबीच विवाद भयो। बढ्दो विवाद हात हालाहालकोस्थितिमा पुग्यो। दुवै जनाले अलग–अलग रूपमा प्रशासनमा उजुरी दर्ता गराए। सतहमा देखिएको विवाद जेभए पनि मनोमालिन्यको भित्री कारणलाभहानि  नै  हो,’  स्रोतले  भन्यो,  ।कसलेकति पाउने भन्नेमा विवाद नमिल्दाहात हालाहाल भएको हो। प्रतिवेदनमाके  लेख्ने  भन्ने  मतभेद देखावटीमात्रैहो ।’  केही  वर्षअघि  काठमाडौंकै  सडक कार्यालयमा लेखा परीक्षण गर्न कोखटिने भन्ने विषयमा संवैधानिक निकायमहालेखा  परीक्षकको  कार्यालयभित्र  हात हालाहाल भएको थियो।’किन हुन्छ विवाद? देशभरको  सरकारी,  अर्ध  सरकारी, संस्थान,  स्वशासित  संस्थालगायत निकायको आर्थिक क्रियाकलाप रत्यसको  कानुनी  आधारको  वैधता परीक्षण  गर्ने  अधिकार  संवैधानिक  निकाय महालेखा  परीक्षकको  कार्यालयको हो ।
महालेखाका  लेखा  परीक्षण अधिकारीहरूले  सरकारी  अड्डाहरूकोलेखा  शाखाका  कर्मचारीको  समन्वयमा बिल,  भर्पाइ,  भौचर  आदिको  आधारमा लेखा परीक्षण गर्छन्। आर्थिक  गतिविधि  गर्ने  सरकारी कार्यालयका  लेखाका  कर्मचारीलेमनोमानी खर्च र भुक्तानी गर्नेक्रममा भएको आफ्नो आर्थिकअनुशासनहीनतालाई  लेखा परीक्षणका क्रममा लुकाउन खोज्छन्,’सहसचिवस्तरका  एक  लेखा परीक्षकले भने,  ‘त्यही  क्रममा  लेखा  परीक्षकहरू उनीहरूको  प्रलोभनमा  परेमा  मिलेमतोकोखतरा हुन सक्छ, अहिले त्यस्तै घनादेखिएका  छन्।’  ।पछिल्लो  समय  पेसागत मर्यादामा  चिप्लिएका  र  मिलेमतोका उजुरी आउने घटना पनि भारी बजेटभएका अड्डामा  लेखा  परीक्षण  गर्नेहरूकैबारेमा  छन्,’  महालेखा  स्रोतले  भन्यो।कारबाही  के  भयो?पेसागत  मर्यादाको  पालना  नगरेको  रस्वार्थमा  काम  गरेको  आरोपमा  छानबिन हु“दा गतवर्ष मात्रै महालेखा परीक्षककोकार्यालयले २० जनाभन्दा बढीमाथिविभागीय  कारबाही  गरेको  थियो। ती उजुरी  व्यावसायिक  ढंगले  लेखा परीक्षण नगरेको,  मिलेमतोमा  काम  गरेको, लेनदेनका  आधारमा  गम्भीर  आर्थिक अनियमितता  ढाकछोप  गरेकोलगायत थिए । 
गत वर्ष नै करिब ३५ जनालाईस्पष्टीकरण  लिइएको  थियो। महालेखा परीक्षक कार्यालयले आर्थिक वर्ष२०७१÷७२ मा दुई जनालाई तलब रोक्कासहित एक जनालाई भविष्यमासरकारी  सेवामा  अयोग्य  ठहरिने गरी सेवाबाटै  बर्खास्त  गरेको  थियो।केही  साताअघि  मात्रै  पेसागत जिम्मेवारी  पूरा  नगरेको  भन्दै महालेखालेशिक्षा निर्देशनालयका दुई कर्मचारीलाई । दुई  वर्ष  तलब  रोक्ने’  निर्णय  गरेकोथियो। जसलाई प्रशासकीय अदालतलेनसिहतमा  सीमित  गरिदियो। महालेखाकोकार्यालयभित्रै  भएको  कुटाकुट  प्रकरणमा दुवै  जनाको  २÷२  वर्ष  ग्रेड  रोक्काकोनिर्णय भएको छ। भरतपुर प्रकरणमाभने तीन जनालाई नै महालेखाले।आलंकारिक’  कारबाही  मात्रै  गरेको  छ। -कान्तिपुर दैनिकमा खबर छ। 

प्रतिक्रिया दिनुहोस्