आफु निकटको कोचिङ सेन्टरमा मात्र विद्यार्थी भर्ना गराउन अन्य इन्स्टिच्युटलाई कानुन विपरित संचालन भएको वा नियम विपरित बिज्ञापन गरेको भन्दै महेश खनाल निकटका केहिलाई हातमा लिएर बजारमा अन्य सिए इन्स्टिच्युटको विरुद्ध प्रचारवाजी गरेको, आइक्यानको स्टलबाटै अन्य सिए इन्स्टिच्युटको विरोध गर्न लगाएको, नियोजित रुपमै सिए इन्स्टिच्युटको नाम गलत गराउन लगाएको, सम्भावना भएका केहि आइक्यानबाट सम्बन्धन प्राप्त संस्थाविरुद्दनै प्रचारवाजीमा लागेको लगायतका आरोप लगाउंदै आइक्यान अध्यक्ष प्रकाश लम्शाल विरुद्ध सिए इन्स्टिच्युटका संचालकहरु एकजुट हुने भएका छन् ।
आज भिन्न भिन्न ठाउँमा बसेको बैठकले नियोजित रुपमा आइक्यान अध्यक्षले पदको दुरुपयोग गर्दै आफु निकटको संस्था सिमा एकेडेमिक्सलाई मात्र राम्रो देखाएर अरुको दुषप्रचार गरेको भन्दै आइक्यान अध्यक्ष विरुद्ध विभिन्न कार्यक्रमको योजना बनाइरहेका छन् ।
यसअघि पनि भ्रष्टाचारको आरोप लागेर अख्तियारमा उजुरी गरिएका उनको गलत कामको विरोध स्वरूप विभिन्न सिए इस्न्स्तिच्युटले विभिन्न काम अगाडी बढाउने बताइएको छ । अध्यक्षको राजीनामा माग्ने, आइक्यानबाट आफुले लिएको सम्बन्धन फिर्ता लिने, महेश खनालको आगामी नेतृत्वलाई नैतिक असहयोग गर्ने लगायतका कार्यक्रमहरु विभिन्न सिए इन्स्टिच्युटले अघि सारेका छन् ।
मुछियो सिमा एकेडेमिक्स :
यस अघि पनि हुँदै नभएको आफ्नो विद्यार्थीलाई पत्रिकामा बधाई संदेश दिएर निकैनै विवादमा आएको सिमा एकेडेमिक्स आइक्यान अध्यक्षसँगै विवादमा मुछिएको छ । आइक्यान अध्यक्षले सिमा बाहेकका संस्थाहरुलाई गैर कानुनी भन्दै प्रचार गर्न लगाएको प्रसङ्गलाई लिएर सिमा विरुद्ध पनि संस्थागत रुपमा लाग्ने विभिन्न सिए इन्स्टिच्युट प्रतिनिधिको तयारी छ ।
के भन्छन् विजय पाठक ?
यस बारे सिए सरोकारको प्रश्नमा सिमा एकेडेमिक्सका संयोजक बिजय पाठकले आफुलाई केहि थाहा नभएको बताएका छन् । ‘यसबारे मलाई कुनै पनि जानकारी छैन ।’ सिए सरोकारसँग उनले भने ।
यस बिषयमा सिए सरोकारले आइक्यानका प्रतिनिधि माधव नारायण कक्षपतिलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो भने आइक्यान अध्यक्ष प्रकाश लम्शालको नम्बरमा निरन्तर सम्पर्का हुन सकेको छैन । उनी हाल मलेसियामा छन् ।
प्रतिक्रिया दिनुहोस्