नरेन्द्र भट्टराईको कार्यकालको लामो मेहेनतपछी अन्ततः आईक्यानले आइसीएईडब्लूसंग गर्ने एमआरएका सम्पूर्ण प्रक्रियाहरु अन्तिम तहमा पुगेका छन् । केहि कानुनी काम बाहेक सबै कामहरु सकिएको बुझिएको छ । आईक्यानले गत साता गरेको पत्रकार सम्मेलनमा आईक्यान अध्यक्ष नरेन्द्र भट्टराईले आउँदो साउन पहिलो सातामा हुने आईक्यानको सफत कार्यक्रममा एमआरएमा हस्ताक्षर हुने बताएका छन्। गत बैसाखमा गएको विनासकारी भूकम्पका कारण अल्झिएको एमआरए प्रक्रिया द्रुत रुपमा अगाडि बढेको छ । आईक्यानले आईक्यानमा आएका नयाँ विद्यार्थीलाई समेत एमआरए प्रक्रिया लगभग सकिएको बताईरहेका छन् ।
कहिले हुन्छ हस्ताक्षर ? : आइसीएईडब्लुसंगको एमआरए प्रक्रियाको हस्ताक्षर सम्भवत : यहि साउन पहिलो साता आईक्यानको नयाँ नतृत्वको सफत कार्यक्रममा गरिने छ । आइसीएईडब्लुका प्रतिनिधि आईपुगिनसकेको अवस्थामा भने केहि समयपछी आईक्यान प्रतिनिधिहरु नै बेलायत गई एमआरए गर्ने बुझिएको छ । यो एमआरएसँगै नेपाली सिएका लागि अन्तराष्ट्रिय बजार खुल्ने छ ।
नेतृत्व विवादको हल्ला : आइसीएईडब्लु र आईक्यानबीचको एमआरए प्रक्रिया अगाडी बढेसँगै आईक्यान भित्र नै यस बिषयलाई लिएर नेतृत्व विवाद भएको केहि सिएहरुको आरोप छ । यो प्रक्रियालाई केहि ढिलो गरी अर्को कार्यकाल सम्म लम्ब्याउने र त्यसको जस आफु लिने उदेश्यका साथ आईक्यान भित्रको एउटा गुट प्रक्रियालाई जवरजस्त ढिलो बनाई रहेको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्