Skip to content

हातेमालोले आफ्नो सातौ साधारण सभा गर्दै

ऋषि राम अधिकारी 
दिल्ली ब्युरो, सीए सरोकार 
भारतको नयाँदिल्ली, लक्ष्मीनगर रही ‘आई.सी.ए.आइ’ अन्तर्गत सी.ए. अध्ययन गरिरहेका नेपाली
विद्यार्थीहरुको छाता संगठन
हातेमालो
नेपाली विद्यार्थी समूह
ले’  आफ्नो सातौँ बार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रम यही आइतबार
अक्टोबर ४
, २०१५ मा गर्ने भएको
छ। कार्यक्रम आई.टि.ओ स्थित हिन्दी भवनमा हुने तय भएको छ।
सन् २००९ मा सी.ए. अध्ययन गरिरहेका नेपाली
विद्यार्थीहरुको हकहितको लागि सानो प्रयासको रुपमा स्थापना भएको यस सामाजिक
संस्थाले २०१५ सम्म आइपुग्दा निकै ठूलो रुप लिइसकेको छ। संस्थाको पहिचान नयाँ
दिल्लीको लक्ष्मीनगरमा मात्रै नभएर नयाँ दिल्लीमा कार्यरत अन्य थुप्रै नेपाली
संघसंस्थाहरु
, नेपाली दूताबास, एन.आई.आर.सी, आई.सी.ए.आई, साथै नेपालको आई.क्यान सम्म पनि रहेको छ। संस्थाले हालैमात्र नयाँ वर्ष २०७२ को उपलक्ष्यमा नेपालबाट
चर्चीत कलाकारहरु भित्राई निकै भव्य र बेजोड साँस्कृतिक कार्यक्रम गर्न सफल भएको
थियो।

संस्थाले नेपाली सी.ए. विद्यार्थीहरुको हकहितको
लागि समयअनुरुप विभिन्न सेमिनार
, भेला, खेलकूद प्रतियोगीताहरु, साथै वातावरण तथा समाजिक हकहितको लागि
रक्तदान कार्यक्रम
, बृक्षरोपण कार्यक्रम, लुगाफाटा संकलन तथा वितरण तथा अन्य
कार्यक्रमहरु गर्दै आइरहेको छ। नेपाली विद्यार्थीहरुको सुखमा साथ दिने र दुखमा
हात दिने काम हातेमालोले विभिन्न
चाडपर्वहरुमा नेपाली मन र नेपालीपन जोड्ने काम पनि गर्दै आईरहेको छ।
 
अक्टोबर ४ मा हुन लागेको सातौँ बार्षिकत्सव
साथै बार्षिक साधारण सभामा हातेमालोले विगत् एक वर्षमा छैठौँ कार्यकालमा भएका
सम्पूर्ण कामकारवाहीहरुको विस्तृत विवरण तथा विस्तृत आर्थिक विवरण प्रस्तुत गर्नेछ। साथै सातौँ कार्यकालको लागि नयाँ पदाधिकारीहरु पनि चुनिनेछन र छैठौँ
कार्यकालका पदाधिकारीहरुले आफ्नो सम्पूर्ण जिम्मेवारी नवनिर्वाचित पदाधिकारीहरुलाई
प्रदान गर्नेछन्।

उक्त कार्यक्रमको आर्कषणको रुपमा नेपालका विभिन्न जातजातिको
प्रतिनिधित्व झल्काउने भेषभूषामा सांस्कृतिक र्याम्प पैदल रहनेछ। साथै नेपालको
वर्तमान परिपेक्षलाई समेटेर नेपाली एकता
, सद्भाव
र भात्रित्व सन्देश दर्शाउने गीतिनाटक पनि प्रस्तुत गरिनेछ। विशेषतःसी.ए.
विद्यार्थीहरुको आफ्नै मौलिक कला र प्रतिभाले सांस्कृतिक साँझमा विशेष स्थान पाउने
जानकारीे संस्थाका निःवर्तमान अध्यक्ष विशाल भट्टराईले सीए सरोकारलाई बताएका छन्। उनले कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा
, छवि
र मनोवल उच्च बनाई हातोमालोको अभिन्न हिस्सा बनिदिनुहुन सम्पूर्ण नेपाली
विद्यार्थीहरुलाई हार्दिक आमन्त्रण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्