Skip to content

यात्रा स्मरण, सिए विद्यार्थी तिर्थराज अर्यालको अनुभव (फोटो फिचर सहित )

नेपोलियनले भनेका थिए, ‘यो संसार खराब मानिसहरुको अत्याचार हिंसाबाट पिडा भोगिरहेको होइन, वास्तबिकता असल मानिसहरूको मौनता हो’ । त्यही मौनतालाई तोड्ने प्रण गर्दै दक्षिण एसियाली युवा सम्मेलनमा भाग लिन पुगेको थिए । श्रिलंकामा आयोजना गरिएको यो सम्मेलनमा सार्क राष्ट्रका करीब १०० जना प्रभावशाली युवा सहभागि थिए । मैले कोलम्बो टेक्ने बित्तिकै नै मलाई एउटा अनौठो अनुभुती भयो कि यो देश पनि दक्षिण एसिया मै पर्छ भनेर  



समय अभाव हुँदा हुँदै पनि घुम्नैपर्ने ठाउँहरुलाई भ्याइनभ्याइ बिहानै चार बजे उठेरै भएपनी छोडिएन नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन जान पाउनु मेरो लागि राम्रो अवसर अनि गर्वको कुरा थियो मसंगै सरिता दिदी , सन्तोष दाई , बिनभ , अपेक्ष्या , रविन, अनिशा पनि हुनुन्थ्यो , जहाँ हामी डाक्टर , ईन्जिनियर , सिए, कानुन व्यवसायी , सामाजिक युवा अभियान्ता अनि युवा राजनीतिज्ञ गरी अलग अलग क्षेत्रबाट उपस्थित थियौ।


श्रिलंका आँफैमा साच्चिकै सुन्दर रहेछ , अझै त्यहाको रहनसहन् , चालचलन , अथिति सत्कार , शिक्षित र सभ्य समाज र उनीहरुको व्यबहार त मनै लोभ्याउने । एक्स्प्रेस बाटो , रेल , चौबिसै घण्टा एक्स्प्रेस बस सेवा , सफा सुग्घर नगर र गाऊहरु , एक्स्पोर्ट ओरिएन्टेड (निर्यातमुखी) व्यवसाय, व्यवस्थित पर्यटन प्रबर्धन , स्रोत साधनको राम्रो सदुपयोग , शासन व्यवस्थामा छोटो समय मै अनपेक्षित सुधार, चाइना र जापानको प्रमुख लगानीमा निर्माणाधिन नयाँ कोलोम्बो शहर , सरकारी र निजी बिकास आयोजनामा जनताको प्रत्यक्ष  सहभागिता / सहयोग , चिया उत्पादन , सधैं परिरहने बर्षात र मुख्यत: प्रदुशण फ्री हावापानी त्यहाको मुख्य आकर्षण बने मेरोलागि । नेपाल र हामी नेपालीले सिक्नुपर्ने धेरै कुरा रहेछन त्यहा । 


तामिल टाइगरको विद्रोह अनि त्यसको अन्त्य सन २००९ मा भएसंगै त्यसपछीको ६ सालमा उनिहरुले गरेको विकास त चमत्कार नै लाग्ने छ । कमसेकम निर्णय लिनमा आत्मनिर्भर बनौ भन्ने कुराको उदाहरण चाँही गज्जबले देखाएको छ त्यहा । त्यसैगरी देश विकास गर्दा गाऊको विकास अपरिहार्य छ भन्ने कुरा प्रस्ट झल्किन्छ । आशा गरौ, अब हामीले अप्ठेरो पार गरिसक्यौ र अब आशालाग्दो विकासका परियोजनाहरु सुचारु भएको हेर्न पाउने छौ हाम्रै नेपालमा ।


सम्मेलन पनि सोचेजस्तै फलदायक भयो । ‘देश निर्माणमा युवा’ सन्देश संगै विभिन्न तहमा छलफल र अन्तर्कृया पनि भए । आ-आफ्नो संस्कृति देखाउने क्रममा राष्ट्रिय गान गाएसङ्सँगै साथी बिनभ र म ‘तालकोपानी’ गीतमा जानी नजानी नृत्य पनि प्रदर्शन गर्‍यौ । सम्भवत:  अन्तराष्ट्रिय फोरममा मेरो पहिलो पप्रस्तुति होला यो । 


त्यहा उपस्थित सबैजसो साथीहरु कुनै न कुनै पेसा तथा सामाजिक सेवामा संलग्न रहेछन । अत्यन्तै रमाइला , परिश्रमि , मिलनसार , अनि देश, समाज र मानवजातिको हितमा प्रतिबन्ध । नेपोलियन कै अनुरुप ति सुन्दर र रचनात्मक युवाहरुमा मैले दक्षिण एसियाको सुन्दर भविस्यको कल्पना गरेको छु । मसंगै सम्पूर्ण हातहरु देश निर्माणमा जोडीने छन भन्ने पूर्ण आशा पनि बोकेर अन्त्यमा उही पुरानो , प्रदुशणले भरिएको दिल्ली फर्किए ।










प्रतिक्रिया दिनुहोस्