
“रक्तदान : जीवनदान” भन्ने मूल नाराका साथ भारतको राजधानी दिल्लीमा रही सीए अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको संगठन मध्यको एक “हातेमालो नेपाली विद्यार्थी समूह” ले रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । ६ मार्च, २०१६ का दिन नयाँ दिल्लीको लक्ष्मीनगर स्थित स्थानीय ललिता पार्कमा आयोजित उक्त कार्यक्रमका लागि भारतीय रेडक्रससँग समन्वय गरिएको थियो ।

विगतका वर्षहरूमा झैं यस वर्ष पनि सयौं नेपाली विद्यार्थी तथा भारतीय नागरिकले स्व-स्फूर्त रूपमा रक्तदान गरेको जानकारी “हातेमालो नेपाली विद्यार्थी समूह” का उपाध्यक्ष कैलाश श्रेष्ठले सिए सरोकारलाई जानकारी दिएका थिए । सागर भट्टराईको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम अत्यन्तै सु-व्यवस्थित भएको र नेपाली विद्यार्थीहरूले यस्तो सामाजिक कार्य आयोजना गर्नु प्रशंसनीय कार्य भएको भन्ने आम जन-मानीसको प्रतिक्रिया थियो भने सहभागी स्वयम्-सेवक र रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै “हातेमालो नेपाली विद्यार्थी समूह” का अध्यक्ष सुनील बुढाथोकीले सबै भन्दा अन्तमा रक्तदान गरी कार्यक्रमलाई औपचारीक रूपमा अन्त भएको घोषणा गरेका थिए ।

यस कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिईने र परेको बेला आकस्मिक बिरामीलाई रक्तदान गर्न सीए विद्यार्थी सदैव तत्पर रहने कुरा “हातेमालो नेपाली विद्यार्थी समूह” कै कार्यकारी सदस्य सुशील चन्द्र लम्सालले सिए सरकारलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्