आईक्यानमा आज भएको निर्वाचनको मतगणना अहिले ९ बजेबाट सुरु भएको छ। आईक्यान परिसर सातदोबाटोमा मतगणना सुरु भएको हो। मतगणना स्थल भित्र उमेद्वार र उमेद्वारका प्रतिनिधिलाई प्रवेश दिईएको छ भने गणना स्थल बाहिर विभिन्न उमेद्वारका समर्थकहरुको उपस्थिति छ। पछिल्लो समय निर्वाचनको ‘ईक्वेसन’ केहि परिवर्तन भएको हल्लापछी मतगणना अझै ठुलो प्रतिक्षाको बिषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्