आईक्यानबाट सम्बन्धन लिएका कतिपय इन्स्टिच्युटहरुले आईक्यानप्रति तिब्र असन्तुष्टि देखाएका छन्। बिधार्थी भर्ना हुने मुख्य सिजनमै सम्बन्धन प्राप्त संस्थाहरुको नाम वेब साइटमा अपडेट नहुँदा कतिपय इन्स्टिच्युटहरुले आईक्यानको यस्तो ब्यबहारप्रति असन्तुष्टि जनाएका हुन्। आईक्यानले आफ्नो वेवसाईटमा राखेको सम्बन्धन प्राप्त संस्थाहरुको नामावलीमा नेपाली सिए बजारमा पछिल्लो समय चलेका मानिएका दुई इन्स्टिच्युटहरु चैतन्य सिए र ईनलाईटेन्ड इन्टरनेश्नल एकेडेमीको नाम नै राखेको छैन। सिए कक्षा बन्द गरिसकेका, नचलाईरहेका संस्थाहरुको नाम आईक्यानले लिस्टमा राख्नु र चलेका सिए इन्स्टिच्युटहरुलाई नराख्नु भित्रको नियत के हो भन्ने चर्चा पनि अहिले नेपाली सिए बजारमा चलिरहेको छ ।
यता १.५ लाख तिरे सिए करियर एक्स्पोमा भाग लिन दिने बताउँदै आईक्यानले पोखराका इन्स्टिच्युटहरुलाई हेपाहा प्रवृति देखाएको पोखराको एक सम्बन्धन प्राप्त संस्थाका प्रतितिनिधिले सिए सरोकारलाई दुखेसो पोखेका छन्। ” हामी पोखराको संस्था, काठमाडौँमा कार्यक्रम , कसरि तिर्ने डेढ लाख! के पोखरामा कार्यक्रम आयोजना गरियो भने काठमाडौँका इन्स्टिच्युटहरुले डेढ लाख हाल्छन् ? उनले सिए सरोकारलाई प्रतिप्रश्न गरे। आईक्यानले फोन गर्ने बेलामा सहि नम्बरमा गर्ने र कहीं छाप्नु पर्यो भने आफ्नो सिए इन्स्टिच्युटको गलत नम्बर छाप्ने कार्यले आफुहरुलाई निकै नै दुखि बनाएको पोखरा स्थित ईनलाईटेन्ड इन्टरनेश्नल एकेडडेमीका प्रतिनिधिले सिए सरोकारलाई जानकारी गराए। बिगतमा सम्बन्धन प्राप्त संस्थाहरुको नामावोली पत्रिकामा छाप्ने गरिएकोमा यसपाली उक्त काम नगरिएकोमा पनि बजारमा विभिन्न खालका संका-उपशंकाहरु हुन थालेका छन्। “बिगतमा कुनै सिए इन्स्टिच्युटसंग नाम जोडिएको मान्छे नेतृत्वमा पुगेपछी यी सबै काम नियोजित रुपमा भईरहेका त छैनन् ?” भन्ने चर्चा पनि नेपाली सिए बजारमा चल्न थालेको छ। ईनलाईटेन्ड प्रतिनिधि समेत भन्छन,” यो काम नियोजित नै हो। “
प्रतिक्रिया दिनुहोस्