लौ न ! मळाई तिम्रै सहरले मार्यो ।
तिमी सङ्गै बरालिने यो रहरले मार्यो ।
तिमी लठ्ठ आँखा खोल्यौ र झ्याप्प डस्यौ ,
बस्, मलाई त्यहीं आँखाको जहरले मार्यो ।
(लक्ष्मीनगर , दिसम्बर 2014)
आज भोली तिम्रो , सहर चिसिएको छ ।
सधै पैताला चोप्ने तिम्रो , नहर चिसिएको छ ।
यी मनका हिमनदीहरु टम्म जमेर स्थिर बनेपछि,
तिमी सङ्गै मन रुझाउने यो, रहर चिसिएको छ ।
(लक्ष्मीनगर , क्रिसमस 2014)
खै, कती गर्नु यो मखमली माला र हारको कुरा ।
सधै रित्तो र उजाड,यो टिठलाग्दो निदारको कुरा ।
तिमी गर्छौ सधै, देउसी भैलो र मादलको बयान,
खै, कती गरुँ म यो उराठ लाग्दो तिहारको कुरा ।
(26, October 2014
Laxminagar,Delhi)
म आज आफ्नै ईमान बेच्दै छु ।
बँचे-खुचेको सबै स्वाभिमान बेच्दै छु ।
किन्ने हो भने तिमी, चाँडै बोली लगाउ,
म आज आफ्नै जोवान बेच्दै छु ।
(19/07/014
Laxminagar, New Delhi)
खै ! कती गर्नु यी बेकार र अस्थिर भ्रमका कुरा ।
यी रित्तिसकेका खोक्रा लाज र शरम का कुरा ।
यहाँ त मात्र कुरैका लागी कुरा हुने गर्छन,
खै ! कती गर्नु यी दुईदिने ‘फेसवुके’ प्रेमका कुरा !
(Laxminagar, new Delhi
07/04/2014)
उसैले भनेकी , म अलिक खास छु ।
टाढा भए पनि, म उसकै पास छु ।
आज त अत्ती भएछ, आँखा छोप्दै बोलि,
म थोरै सैतान छु, थोरै बदमास छु ।
(Laxminagar, New Delhi
03/07/2014)
प्रतिक्रिया दिनुहोस्