Skip to content

विपत, राहत र बिकृति

निकै नै पिहलेदेिख
भिनँदै आइएको, लेिखँदै आइएको तर वास्तिवक जीवनबाट  कार्यान्वयनबाट निकै  पर
राखिएको एउटा अकाट्य सत्य थियो -‘भारतीय उपमहाद्विप(Indian Plate) र
तिब्बतीय उपमहाद्विप(Eurasian Plate)को टक्करबाट उत्पन्न हुने घर्षणले
गर्दा नेपालको केन्द्रिय भागमा करिब असी-नब्बे वर्षमा विनाशकारी महाभुकम्प
जान्छ, र,
यसैकारण यहाँका भौतिक संरचनाहरु बलिया र
भुकम्पप्रतिरोधी बनाइनु आवश्यक छ।  भुगर्भविद्हरुको अनुसार इन्डियन प्लेट
यूरासियन प्लेटको पिँधतिर घुस्रिँदै जाने क्रममा त्यो टकरावबाट अपार शक्ति
उत्पन्न हुन्छ जुन शक्ति कालान्तरमा महाभुकम्पको रुपमा देखापर्दछ।  पछिल्लो
भुकम्पले गर्दा राजधानी सहर काठमाडौँ तीस सेकेन्डकै अवधीमा तीन मिटर
दक्षिणतर्फ धकेलिएको भुगर्भविद्हरुको दावी छ।    हामीकहाँ राजनितीक
तथा कर्मचारीतन्त्रको नेतृत्व यस्तो छ कि कसैले बाघ आयो भन्दा पनि ‘बाघ
आओस्, देखौँला अनि भागौँला, नदेखुन्जेल के भाग्नु र !’ भन्ने मानसिकता
पालेर बस्छ।  त्यही नेतृत्वको छत्रछायाँमा तल्ला तहका निर्णयकर्ता वा 
कार्यान्वनकर्ता (अपवादलाई छाडेर) पनि स्वविवेकलाई छाडेर माथीको आदेशलाई
आफ्नो तत्कालिन उद्देश्यसिद्दिमा परिवर्तन गर्न सकिने वा  नसकिने भन्ने
अंकगणितमै व्यस्त छ। 
आखिर भवितव्यले फेरि पनि अर्को नमिठो
अनुभव दिएर गएको छ | सात दशमलव आठ (७.८) रिक्टर स्केलको सुरुको भुकम्पलाई
साथ दिँदै विभिन्न केन्द्रविन्दुबाट थुप्रै पराकम्पनहरु पनि आए जुन
छुट्टाछुट्टै आएका भए  आफैमा ठूला समाचार बन्न पुग्थे। लगातारको कम्पनले
गर्दा भौतिक वा मानविय क्षति केही नभएकै व्यक्तिलाई पनि यति त्रास सिर्जना
गरिदिएको छ कि मोबाइल वा सवारी साधनकै कम्पन (vibration) ले पनि भुकम्पकै
झल्को दिन थालेका छन् | संकटासन्नता (Disaster Proximity) को ख्यालै नगरिकन
संरचना बनाउने गलत अभ्यासले गराएका क्षतिको पुर्ण रुपमा पुनर्स्थापना त
परै जाओस्  शतप्रतिसत सही मापन मात्रै पनि हाम्रो बसभन्दा बाहिरको कुरा हो।
सुस्तता र अन्य कमजोरीलेसरकारलाई  विपतको
यो घडूमा पनि छोडेनन्।    केही मन्त्रीको विवादास्पद र अव्यावहारिक
प्रस्तुति सुधार्नैपर्ने पाटोका रुपमा रह्यो नै, हाम्रै भौतिक पुर्वाधार,
अतिराजनितीकरणको भुमरीमा फसिसकेको योसमाज  तथा कर्मचचारीतन्त्रका केही
गम्भिर  ‘लुपहोल’ लाई  नजरअन्दाज नगर्ने हो भने सरकारलाई सरापीरहन भने मन
मान्दैन।    सरकारले राहत तथा पुनर्निर्माणका कार्यक्रमहरु पनि घोषणा गरेको
छ, जसको समिक्षा कार्यान्वयनपश्चात् गरौँला|  त्यसमाथि सुरक्षाकर्मी तथा
कैयौँ कर्मठ कर्मचारीहरुको दिनरात खटाई भुकम्पपश्चात् उद्धार का लागि निकै
महत्वपुर्ण थिए |  एनसेल, नेपाल टेलिकम लगायतका संस्थाहरुको योगदान पनि
अवश्य महत्वपुर्ण थियो नै।
स्थापनाको भएको छोटो समय मात्रै भएको
विवेकशील नेपाली दलका कामहरु अत्यन्तै प्रसंशनिय छन्।  हामीले पनि विभिन्न
स्वास्थ्यसम्बन्धी सहयोगहरु उसबाट प्राप्त गरी वितरण गरेका थियौँ।  जनतालाई
अप्ठ्यारो पर्दा एउटा अभिभावकको जिम्मेवारी स्विकार गर्ने सम्भवतः पहिलो
राजनितीक दल हुनुपर्छ विवेकशील नेपाली।   पहुँच, संगठन तथा चर्चाका हिसाबले
अन्य दलका अगाडि फुच्चे देखिने दलको यत्तिको प्रभावकारी काम अन्य सबै
राजनितीक दललाई अनुकरणिय  हुन सक्छ। 
भुकम्प होस्  या बाढीपहिरो, चट्यांग
होस् या हुरीबतास, कुनै पनि विपत्तीलाई रोक्न सकिँदैन।  तर , व्यक्तिगत,
सामुहिक तथा सरकारी तिनै तवरबाट आवश्यक सावधानी अपनाएर जोखिम तथा क्षतिलाई
उल्लेखनिय रुपमा घटाउन भने अवश्य सकिन्छ।  विपतबाट हुने जोखिम न्युनिकरणका
लागि तयारी ( Disaster Preparedness) यो वा त्यो विपतका लागी मात्रै होइन,
भुकम्प, बाढी-पहिरो , आगलागी वा स्वास्थ्यसम्बन्धी महामारी सबैको लागी
आवश्यक छ।  भर्खरको भुकम्पलाई मात्रै सम्झिएर भुकम्प -भुकम्प भन्दै यसैको
लागी मात्रै सोच्ने बानी भुकम्पभन्दा घातकसिद्ध हुन सक्छ।
विपतपश्चात् उद्धार र राहतका
कुराहरुले चर्चा बटुल्छन्।   उद्धारका काममा राज्यको निरीहता कुन हदसम्म छ
भने आफैले उद्धार लगायतका सम्पुर्ण काम गर्न सक्ने त भएन नै , बाहिरबाट
आफ्नै हेलीकप्टरसहित आउने वा अरु कुनै पनि दक्ष उद्धार टोलीलाई आवश्यक
संयोजन गरेर  चुस्त रुपमा खटाउनसमेत सकेन सरकारले। बैशाख १२ को भुकम्पमा
ध्वस्त भएको काठमाडौँको बसुन्धराको एउटा घरमा परेकालाई उद्धार गर्न ६/७ वटा
विदेशी टोली आइपुगेका थिए| जब भारतीय टोलीले पत्ता लगाइसकेको कुरा
अनुसन्धान गर्न भारतीय टोलीलाई पाखा लाएरअमेरिकी टोली खटाइयो, भारतीय जवान
भन्न लागे , -‘गोरे लोग आकर टाइम कन्ज्युम कररहे है | जो हमने पता लगा चुका
था, वो 
बातपर जब दुसरा टिम लगेगा
तो हमे कैसा लगेगा ?’ केही समयपश्चात अमेरिकी तथा फ्रान्सेली टोली
सदस्यहरुसँग भेट्दा पंक्तिकारसँग उनीहरुको गुनासो थियो ,-‘ Indian people
are sufficient here. But we were told to be here. Don’t you have other
affected areas here (in Nepal) ? The problem here is lack of
coordination.  .'(यहाँको लागी भारतीय टोली नै पर्याप्त छ, तर पनि हामीलाई
यहीँ पठाइयो, नेपालमा अरु क्षतिग्रस्त ठाऊँ नै  छैनन् र ? यहाँको समस्या
भनेकै कमजोर व्यवस्थापन हो |)
यी कुरा सुन्दै गर्दा म मोबाइलमा
अनलाइन न्युज पढ्दै थिएँ।  र, खबर पढ्दै थिएँ – थोरै स्थानमा मात्रै उद्धार
टोली पुगेको, उद्धार टोली पुगेकै कतिपय स्थानमा आवश्यक उपकरण नपुगेको।  अब
राहततर्फ लागौँ।  आवश्यक तयारी सम्पन्न गरेर हामी केही साथीहरु र केही
गुरुहरुसिन्धुपाल्चोकको कालिका गाविस-१, पुरानाकोटतिर लाग्यौँ, राहत
सामाग्री लिएर।  साधन सिमीत थिए, आवश्यकताका सगरमाथा विराजमान थिए होलान् तर
हामी आत्तिएनौँ, बरु एउटा मजबुत र कर्मठ  टोली बनाइयो दुई जना डाक्टर, र
दुइटा मोटरसाइकल सहितको| हामी दृढ थियौँ , हामी  धेरै गर्न अवश्य सक्दैनौँ
तर आधारभुत आवश्यकता सम्बोधन भनै अवश्य गर्नेछौँ| साथी सुर्यप्रसाद
न्यौपानेको  
गाउँ हो त्यो, ७२
घरधुरीमध्य कुनै पनि बस्नलायक नबचेको।  सुकुटेसम्म माइक्रोबस लिएर गयौ,
त्यहाँबाट सामान र केही साथीलाई अर्को गाडीमा राखेर बाँकी हिँडेरै गयौँ
हामी | उकालो-ओरालो त्यत्ती नगरेका हामीहरुको झण्डै दुई घण्टा ओगट्यो त्यो 
बाटोले।  हामी  माथी पुग्दा डाक्टरहरु चौतारामा बसिरहनु भएको रहेछ| मैले
सोचे,-अब ढिला गर्न हुँदैन, मेडीकल टिम पुगिसकेछि त  स्वास्थ्य जाँच  सुरु
हुनुपर्यो !’ मैले  डाक्टर रविन दाईलाई भने -‘ अब ढिला नगरौँ होला!’ उनको
प्रतिक्रिया आयो,- हामीले भनिसक्यौँ।  But, nobody is approaching  !’ म
छक्क परेँ, त्यत्रो बस्तिमा निःशुल्क उपचारका लागि कोही  अघि नसरेको
सुन्दा।  त्यसपश्चात्  चौतारामा उभिएर गाउँलेहरुलाई हामीसँग उपलब्ध सेवाहरु र
तिनीहरुको महत्वबारे ब्रिफिंग गर्न थालेँ।   मेरो अनुमान सही  परेछ,
डाक्टर दाईको प्राविधिक शब्दसहितको सानो स्वर लक्षितवर्गले बुझेनछन्। 
एकैछिनमा दुइटा लाइन खडा भए।  झण्डै दुई सयलाई स्वास्थ्यपरिक्षण  र औषधि
वितरण गरियो। हामीले  लगेका  ३८ थान  त्रिपाल, १० बोरा चिउरा, २० कार्टुन
चाउचाउ, ५० प्याकेट साबुन, ५० प्याकेट नुन,  ५० प्याकेट , ५० प्याकेट
दालमोठ  , तिस प्याकेट स्यानिटरी प्याड्स त, केकी बिस्कुटहरु तथा अन्य केही
सामानहरु  ७२ घरधुरीलाई बाँडियो।  सुर्यको संयोजनमा त्रिपाल यसरी बाँडियो
 कि, एउटा-एउटा त्रिपाल नपुग्दा आपसमा  राम्रो  सम्बन्ध भएका परिवारहरुलाई
एउटा त्रिपाल साझा बाँडिएको थियो।   साथी सुर्यप्रसाद न्यौपानेको सो
व्यवस्थापनको सबैले मुक्तकण्ठले प्रशंसा गरियो।    राती सुत्ने बेलामा  सो
कुरा सम्झिँदा आफैलाई आत्मसन्तुष्टी मिल्दै  थियो- सबै राहत कार्यक्रम
कम्तिमा यत्तिको होस्।
यस्तै केही राहत कार्यक्रमका
व्यवस्थापनदेखि वितरणसम्मकाप्रक्रियामा सहभागी भएकाले केही आधारभुत कुराको
जानकारी हासिल गरियो।  भुकम्पलगायत विभिन्न विपत्पश्चात् प्रभावितहरुलाई
मुख्यतया निम्न कुराको जरुरत पर्ने रहेछ:
१. ओत लाग्ने साधन:
पाल वा प्लाष्टिक घरमा क्षति नपुगेको मानिसलाई राहतको जरुरत भएन।  जसको घर
बस्न लायक छैन, उसलाई ओतको व्यवस्था गर्नु सबैभन्दा जरुरी हुन्छ।  विशेषत:
सुत्केरी महिला, बिरामी, बालबालिका तथावृद्धवृद्धाहरुलाई चिसो र ओसले बढी प्रभाव पार्न सक्ने हुँदा राहत कार्यमा उनिहरुलाई प्राथमिकता दिनु अत्यावश्यकहुन्छ।
२. खानेकुरा गाँस
मानिसको पहिलो आवश्यकता हो| विपतको ४८ वा ७२ घण्टाभित्र पुर्याउन सक्ने हो
भने तुरुन्त खान सकिने र लगभग सबैका लागी हुने चाउचाउ, बिस्कुट, चिउरा
लगायतका खाद्यपदार्थ पुर्याउनुपर्छ।  राहत यदि त्यसभन्दा ढिलामात्र
पुर्याउन सकिन्छ भने त्यतिखेर धेरैजसो भुकम्पपिडीतको आवश्यकतामा ‘फास्टफुड’
भन्दा बढी ओत लाग्ने ठाऊँ हुन्छ।  धेरैजसो ग्रामिण भेगमा भुकम्पले स-साना
घर भत्किँदा आंशिक रुपमा मात्रै पनि अन्नपात बचाउन सकिँदो रहेछ।
३. स्वास्थ्यसेवा, औषधि र जनचेतना विपतका कारण थुप्रैलाई चोटपटक लाग्न सक्छ, तिनीहरुको प्राथमिक उपचार र स्वास्थ्यजाँच अत्यन्त जरुरी हुन जान्छ। 
 
४. लत्ताकपडा शरिर
ढाक्न तथा जाडोबाट बच्न लुगा चाहिन्छ।  घर पुर्णरुपमा क्षतिग्रस्त छ भने
लुगाकपडा निकाल्न नसकिएको हुन सक्छ | कम्बललगायतका जाडो छेक्ने लुगाहरु
घरबाहिरै बास बस्नुपर्दा अझ बढी आवश्यक हुन्छन्।
राहत कार्यक्रमहरूमा पनि केही
विकृतीहरु जोडिन पुगेको पाउँदा निकै दुःख लाग्यो।  जे भएको रकमले नजिकैको
खुद्रा पसलमा जे जस्तो पाइन्छ त्यही किनेरआफै गएर वा कसैलाई दिएर धेरै ठाउँ
पुर्याउने परिपाटी जुन बढ्दै छ,यसलाई राहतभन्दा पनि आहत भन्नु उपयुक्त
होला| सामान्य भौगोलिक जानकारी, घरधुरी तथा क्षतिको यथास्थितीलाई मनन
नगरीकन सञ्चालन गरिने राहत कार्यक्रम असफल भएर दाताको रकम त दुरुपयोग हुन्छ
नै, अझप्रभावितहरुले आवश्यक राहत पनि नपाउने अर्को टोलीले पनि त्यहाँ राहत
नबाँड्ने खतरा हुनसक्छ।  कुनै पनि स्थानमा राहत वितरण गर्नुअगाडि त्यहाँको
वस्तुस्थिती पुर्णरुपमा बुझेर निश्चित क्षेत्रमा आधारभुत आवश्यकता सम्बोधन
हुने गरी राहत वितरण गरिनु अत्यावश्यक छ। एउटा राहत कार्यक्रमको संयोजकको
भनाई थियो,-‘हामीसँग रकम कम छ, धेरै ठाऊँ पुर्याउन पनि पर्यो।  त्यसैले
पाल किन्ने काम नगरौँ, चाउचाउ, बिस्कुट जे- जति किन्न 
सकिन्छ
त्यही किनेर बाडौँ न !’ जोसँग रकम कम छ, उसले धेरै ठाऊँ पुर्याउनैपर्छ
भन्ने के छ र? आधारभुत आवश्यकता सम्बोधन गर्न नसक्ने तर फास्टफुड खुवाउने
वनभोज हो कि राहत कार्यक्रम ? सोही संयोजकको अर्को भनाई थियो – अरु अरु
चिउरा के लैजानु र! टाइचिन बजारमा थोरै मात्रै पाइयो, महँगो पनि छ | जति
पुग्छ, टाइचिन नै लगौँ | त्यसै खान पनि मिल्छ !’ जो भुकम्पले पिडीत भएर के
खाऊँ भएको छ, उसलाई झुरुमझुरुम टाइचिन नै दिनु पर्ने हो कि मध्यमस्तरको
चिउरा सकेसम्म धेरै पुर्याउनु ठिक ? फेरि राहत कार्यक्रमले दिने प्रतिघर
३/४ किलो चिउराले कति दिन पुग्छ र? त्यसैले सकेसम्म धेरै नै दिँदा राम्रो
होइन र ?
म तपाईँहरुलाई एउटा कुरामा
झस्काउन चाहन्छु : ७५ ग्रामको एक प्याकेट चाउचाउको खुद्रा मुल्य रु१५ पर्छ। 
दुइटा गाडी रिजर्भ गरेर पिडीतसम्म पुर्याउँदा प्रति प्याकेट रु२० पुग्न
जाला।  तर किसानले गाउँमै आफ्नो लागी उत्पादन गर्ने अन्नको लागत प्रतिकिलो
२०/२५ रुपैयाँ पर्न आउँछ।   जब हामी विपद आउनासाथ (जतिखेर फास्टफुड एउटा
आवश्यकताको वस्तु हुन्छ)  पुग्नै सक्दैनौँ भने त्यतिखेर गाउँमै बचेको
अन्नपातलाई व्यवस्थापन गर्ने काम ठिक कि ‘जंक फुड’को बानी नबसीसकेको
ग्रामिण जनजीवनलाई प्रदुषित बनाउनु ठिक?
एउटा, गैह्र सरकारी संस्थाले
इच्छुक स्वयंसेवकलाई राहत कार्यमा खटाउने भनी सामाजिक सञ्जालमा आव्हान
गरेको थियो, फोन नं दिएर।  मैले फोन गरेर विस्तृत विवरण माग्दा यहीँ आउनुस्  
बिहान आठ बजे भित्र, हामी ओरियन्टेसन दिएर पठाउछौँ भनियो।  म पुगेँ
तोकिएकै समयमा, तर म  पुगेपछि झण्डै दुई घण्टा प्रतिक्षा गराइयो।  त्यस
बिचमा उनिहरुले राहत वितरण गर्न लागेको स्थानको सुचिमा म आफै सहभागी भएर
अघिल्लो दिन राहत वितरण गरेको गाउँ परेछ।  मैले यो कुरा भन्न नभ्याउँदैमा
त्यहीँका म्यानेजरजस्ता देखिने एक व्यक्ति कड्किए -‘ हाम्ले त्यहीँको
सांसदसँग सोधेर बना’ हो यो लिस्ट !’ उनको कड्काईपछि अलिअलि मुस्कानसहित म
बोल्न थालेँ – हामीले हिजो राहत वितरण गरेको कार्यक्रमका तस्विरहरु यिनै
हुन्! र, देखाइदिएँ मोबाइलमा भएका तस्बिरहरु।   अनि उनि मौन बसे।  कड्किँदै
गर्दा उनले दुइटा कुराको ख्याल गरेनन्: पहिलो- नेपालका जनप्रतिनिधिहरु
स्थानीय जनताको जनजीविकाका सवालमा
कत्तिको अपडेटेड रहन्छन्? र दोस्रो, उनीहरुले सभासद् सँग कहिले कुरा गरेका
थिए ? हाम्रो कार्यक्रमभन्दा अगाडि नै कुरा गरेका भए यसै पनि सभासद्लाई
 त्यो बेला थाहा हुने कुरा भएन! निकै बेर कुरेपछि मैले मलाई लगिन लागेको
ठाउँको बारेमा जानकारी मागेँ।  त्यहाँ बस्नेमध्ये उच्च ओहोदाकी जस्ती
देखिने एक युवतीले भनिन् ,- Why do you need ? कहाँ जाने कसरी जाने भन्ने
कुरा हामी गाडीमा बसाएपछि भन्छौँ!’ तत्पश्चात्  हाईहिल  र टाइट जिन्समा
सजिएकी एउटी युवती सिन्धुपाल्चोकको विकट मांखा भन्ने ठाउँमा राहत वितरण
गर्ने टोलीको संयोजकको रुपमा आइपुगिन् र मलाई थर्काउन थालिन् – किन चप्पल र
हाफ् पेन्टमा आएको ?’ जब मलाई कता जाने कति समयको लागी जाने केही भनिएकै
थिएन अनि म डाँडाकाँडाको बाटो चढ्न   सजिलो हुने पहिरनमा  गएँ अनि मलाई
उनीहरुको मनमा  उतै बास बस्न पर्न सक्ने सम्भावना  आएपछि मैले उनिहरुको
मनको त्यो कुरा बुझिन भनेर झोकिँदै रहेछन् उनिहरू! स्वयंसेवक बन्न खाना
नखाँदै हिँडेको म झण्डै तिन घण्टापश्चात् ग्यास्ट्रिकको भार र ती
एनजिओवालाहरुसँगको विवादसँगै ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’
भन्ने सम्झिँदै निस्किएँ।
यी कुराहरु देख्दै गर्दा मलाई
एउटा प्रसंग याद आयो।   आजभन्दा लगभग साठी वर्ष अगाडी तत्कालिन युवराज
महेन्द्रसँग कसैले गरिबी र भोकमरीको कुरा गरेछ।  दरबारमै हुर्किएका युवराज न
थिए, उनले प्रतिप्रश्न गरेछन्,-नेपाल गरिब   छ, नेपाली गरिब छन् त थाहा छ,
तर नेपालमा कोही दुई छाक दुध र भात खान पनि नपुग्ने गरि गरिब छन्   र?’
उहिलेका यी युवराज र आजको सुचनाको युगका ‘अरु चिउरा काम छैन, टाइचिन
चाहियो।  पाल महंगो छ, चाउचाउ लैजाउँ अनि आफु हिल लगाएर डाँडाकाँडा चढ्न
तम्तयार भएर मलाई हाफ पेन्ट किन लगाएको भन्नेहरु मलाई उस्तै लाग्छन्।  र,
यीनीहरुले दाता, स्वयंसेवक तथा पिडीत तिनै पक्षलाई आहत मात्रै दिन्छन्
!आवश्यकताहरूको पहिचान, भौगोलिक अवस्थिती र प्रभावित घरधुरी/जनसंख्याको
आंकलन, अनि असल नियतबिना राहत कार्यक्रमको सफलता सम्भव नै छैन।  यदि
त्यतातर्फ ध्यान दिइएन भने पिडितलाई होइन फोटो अपलोड गरेर सामाजिक संजाल,
टेलिकम तथा आइएसपी कम्पनीलाई राहत दिने काम मात्रै हुन पुग्छ।  सबैलाई चेतना
भया !
– भेषराज देवकोटा, CAP -II

प्रतिक्रिया दिनुहोस्