Skip to content

आईक्यान वा आईसीएआई ? एउटा नटुङ्गिएको बहस

सिए पढ्न चाहाने बिधार्थी हरुका लागि सधैं दोधारको बिषय हुने गर्दछ, आईक्यान वा आईसीएआई बोर्ड पढ्ने बारेमा।  यसो त कतिपय ट्युसन प्रदायक संस्थाहरुले यसबारे गर्ने गलत परामर्शका कारण पनि विधार्थी मारमा पर्ने गरेका छन्। आखिर कुन बोर्ड पढ्ने त आईक्यान वा आईसीएआई ? यो बिषय एउटा नटुङ्गिएको बहस भएको छ।
दुवै बोर्डका बारेमा राम्ररि बुझ्नुहोस् : सिए पढ्नु अघि आईसीएआई र आईक्यान दुवै बोर्डबारे राम्ररि बुझ्नुहोस्।  आईक्यान र आईसीएआई बारे पनि राम्ररि बुझ्नुहोस्। आईक्यान बारे आईक्यान कै विधार्थी परामर्श बिभागमा गएर बुझ्दा अझ राम्रो हुन्छ।  आईसीएआईबारे पनि विभिन्न इन्स्टिच्युटहरु तथा इन्टरनेटमा बुझ्न सकिन्छ। 
भविष्यको योजना अनुसार अगाडी बढ्नुहोस् : तपाइंको भविष्यको योजना के हो राम्ररि केलाउनुहोस्।  यदि तपाईं भोलिका दिनमा नेपालमै बसेर आफ्नो करियर बनाउन चाहानुहुन्छ भने आईक्यान बोर्ड पढ्दा राम्रो हुन्छ।  तर होइन म भोली भारत मै बसेर काम गर्छु वा तेश्रो मुलुक तर्फ जान्छु भन्नुहुन्छ भने आईसीएआई बोर्ड पढ्नुहोस्।  यसो भन्दै गर्दा आईक्यानको तेश्रो मुलुकमा मान्यता छैन भन्न खोजेको चाहिं पक्कै होईन।  बेलायत, मलेसिया लगायत विभिन्न देशहरुसंग आईक्यानले एमआरए गरिसकेको र गर्ने क्रममा छ।  आईसीएआईका सिएलाई पनि तेश्रो मुलुकमा सिधै सिएको मान्यता दिने पनि होइन।  निश्चित प्रक्रिया पूरा गरेपछी  मात्र त्यो सम्भव छ।  तर आईक्यान तेश्रो मुलुकमा जान चाहनेहरुका लागि आईक्यान भन्दा आईसीएआई राम्रो भने हो।  यसको कारण आईसीएआईको ईतिहाससंग जोडिएको छ।  आईसीएआई लामो समय अगाडि स्थापना भएको संस्था हो भने, आईक्यानको ईतिहास मात्र १८ बर्ष को छ।तर पछी नेपाल आएर काम गर्ने हो भने नेपाल बोर्ड धेरै राम्रो हुन्छ।  नेपालका ठुला कम्पनीहरुले भारतीय बोर्ड बाट भन्दा नेपाल बोर्डबाट उतिर्णहरुलाई  बढी प्राथमिकता दिन्छन्। भारतीय बोर्ड बाट उतिर्ण सिए हरुले निकै कम पारिश्रमिकमा काम गरेका उदाहरणहरु पनि छन्। यसो त यो आफ्नो क्षमताको पनि कुरा हो। नेपालमा निकै राम्रो गरेका भारतीय बोर्ड बाट पास भएका सिएहरु पनि छन्।       
खर्चका कुरालाइ ध्यान दिनुहोस् : सिए पढ्न मात्रैको खर्च हेर्ने हो भने नेपाल बोर्डमा झन्डै साँढे दुई देखि तीन लाखसम्म लाग्न सक्छ।  तर नियमित रुपमा पास गरेको खण्डमा मात्र।  अन्यथा बेलाबेलामा तिर्नुपर्ने परिक्षा शुल्कका कारण कुल खर्च बढ्छ।  यदि नेपाल मै बसेर आफ्नै घरको दाल चामल खाएर पढ्ने हो भने नेपालको पढाई भारतको तुलनामा कम खर्चिलो छ।  मोफसलबाट काठमाडौँ आएर वा होस्टलमा बसेर पढ्नेलाई भने झन्डै भारत बसाईंकै खर्च आउंछ।  भारत बस्दा झन्डै महिनाको १० हजार आईसी खर्च हुन्छ।  झन्डै १० हजारले काठमाडौँको बसाईं खान बस्न सहित सम्भव छ। यसलाई पनि ध्यान पुर्यानुहोस्। 
मौसमका कुरा : हुन त पढ्ने मान्छे लाइ केहिले पनि छेक्दैन।  तर पनि भारत वाविशेष गरी दिल्लीको मौसम नेपाल शुहाउँदो छैन।  गर्मीमा अत्याधिक गर्मी हुन्छ।  कतिपय विद्यार्थीहरु गर्मिकै कारण विभिन्न रोगको सिकार भएर मृत्युवरण गरेका उदाहरणहरु पनि छन्।  नेपालको मौसममा मात्र भिज्नेहरुलाई  नेपाल नै ठिक हुन्छ।  तर विशेष गरी तराई मुलका विधार्थीहरुलाई भने भारतको बसाईं कठिन नहुन सक्छ। 
सजिलो र गाह्रोको कुरा : कुनै पनि बोर्डको सिए गाह्रो वा सजिलो भन्ने यसै भन्न सकिंदैन। नेपालमा पनि धेरै जसो विषयहरु भारतकै पाठ्य सामाग्री पढाई हुने हुनाले यो प्रश्नको उत्तर त्यसै भन्न सकिंदैन।  तर सिएको पहिलो तह भने केहि हदसम्म भारतीय बोर्डको सजिलो भन्ने बुझिन्छ।  तर दोश्रो र तेश्रो तह भने नेपाल बोर्ड र भारतीय बोर्डको  पढाई उस्तै हो। 
योग्यता परिक्षाका कुरा : नेपालमा कुनै पनि तहको बोर्ड परिक्षा दिन हल वा पोस्टलको रुपमा योग्यता परिक्षा दिन आवश्यक छ।  योग्यता परिक्षा मै एक बर्षभन्दा बढी झुण्डीएर परिक्षा नै दिन नपाउनेहरु पनि धेरै छन्।  तर भारतमा योग्यता परिक्षा भन्ने हुँदैन।  बिधार्थीले सिधै बोर्ड परिक्षा दिन पाउँछ। यसर्थ पनि कतिपयले भारतीय बोर्डको सिए केहि सजिलो भएको बताउँछन्। 
मध्यम तह उतिर्णका कुरा : आईसीएआई अन्तर्गत मध्यम तहको पहिलो ग्रुप उतिर्ण गरेको खण्डमा आर्टिकल शिप गर्न पाइन्छ।  तर नेपाली बोर्डमा भने आर्टिकलशिप सुरु गर्न मध्यम तहका दुवै ग्रुप अनिवार्य रुपमा उतिर्ण गर्नु पर्छ। मध्यम तह भने नेपाल बोर्ड र भारतीय बोर्ड दुवैको अवधि भने  उस्तै उस्तै छ। 
आर्टिकल शिपका कुरा : दुवै बोर्डमा ३ बर्षका लागि आर्टिकलशिप गर्नु पर्छ।  तर तीन बर्ष घरमै बसेर पढ्छु वा अन्य काम गर्छु भनेर भारतमा ‘डमी’ बस्न पनि मिल्छ।  तर नेपालमा त्यस्तो प्रथा छैन।  हुनत डमी आफैंमा गैर कानुनी हो र पनि कतिपय विधार्थीका लागि त्यो समय अनुकुल बन्छ। नेपाली बोर्डमा आर्टिकलशिप सुरु गरेको २ बर्ष पछी परिक्षा दिन पाइन्छ। 
आईक्यानको सदशयताका कुरा : हालको नियम अनुसार भारतीय बोर्डबाट सिए उतिर्णहरुले नेपालको सदशयता लिन थप दुई बिषयको परिक्षा दिनु पर्छ।  उक्त परिक्षा दिन पनि पुन : एक बर्षको अनिवार्य तालिम गर्नु पर्ने हुन्छ।  त्यसैले नियमित रुपमा उतिर्ण गर्ने र नेपालमै काम गर्न चाहानेहरुका लागि भने भारतीय बोर्ड ठिक नहुन सक्छ।

प्रतिक्रिया दिनुहोस्