
मैले यो भुमिका बाध्नुको मुल आशय बिगत केहि दिन अघि सिए सरोकारमा प्रकाशित “एन्कासाको साइट केका लागि ?” भन्ने समाचार र त्यस समाचारसंग सम्बन्धित टिकाटिप्पणी र एनकासाको बिज्ञप्तिलाई जोड्नु हो। म सिए सरोकारको नियमित पाठक हुँ ,र एनकासाको सदस्य पनि। मलाइ पनि यो समचारले नछुने कुरै भएन। कुनै पनि मिडियालाई बिश्वास गर्ने आधार भनेको त्यसको बैधानिक अस्तित्व र पत्रकार रातो कार्डधारी हुन कि होइनन् भन्ने हो । म सिए सरोकारको समाचारमा पूर्ण समर्थन जनाउन चहान्छु भलै समयको समबेदनशिलता सिए सरोकारले ख्याल गरेको छैन। तर एनकासाको साइट के का लागि भन्ने समाचार गलत लाग्दैन। म आईक्यानको बिध्यार्थिको हैसियतले पनि यो बिषय राख्दछु कि एनकासाको हरेक काम कार्बाहि ,आय ब्यय बिबरण तथा हरेक अभिलेख मैले एनकासाको साइटमा हेर्न पाउनु पर्दछ्। यदि एनकासाले कुनै प्राविधिक कारणले साइट अपडेट गर्न सकेको छैन भने कारण जानी पाउं । रह्यो कुरा सिए सरोकारको समाचारको ,सिए सरोकारका सम्पादकलाई पनि म के कुरा सम्झाउन चाहन्छु कि हरेक समाचारका प्रकाशित गर्दा त्योसँग सम्बन्धित सबै पक्षको समबेदनशिलतालाई ख्याल गरियोस् । कुनै समाचार भ्रमपुर्ण छ भने बिना प्रमाण त्यो समाचार भ्रमपुर्ण छ भनी बिज्ञप्ति जारि गर्नु भनेको आफु जोगिने उपाय मात्र हो र सम्बन्धित पक्ष नै दोषि छ र समाचार नै सहि छ भन्ने बुझिन्छ । सिए सरोकारले भने झै एनकासाको बिबरण आफ्नो आधिकारिक वेब साइटमा राख्न जरुरि छ । समाचार एनकासाको बिज्ञप्तिमा भनिए झै कपोकल्पित हो भन्ने कुरा कुनै पनि कोणबाट देखिदैन। हाम्रो नेपाली सिए बजार सानो छ यसमा कसैले बर्तमान रिसिभी र ‘इगो’ साध्न मिडिया वा एनकासाको प्रयोग गर्छ भने ,उ आफै पतन भएर जाने छ । अन्तमा: मैले बुझेको यति हो,एनाकासाको वेब साइट अपडेट हुनुपर्छ । नत्र त आज सिए सरोकारले लेख्यो भोलि सबै बिधार्थीले भन्नेछन् ,” आखिर एनाकासाको वेब साइट केका लागि ?” यो मेरो नितान्त ब्यक्तिगत सुझाब मुलक बिचार हो ,आगे तपाइ कै मर्ज।
प्रतिक्रिया दिनुहोस्