एक ब्यक्ति एक पेशा अवधारणाका कट्टर पक्षधर देवकोटा लेखा तथा लेखापरीक्षण ब्यवसायमा भईरहेका विकृति तथा विसंगतीलाई निर्मुल पार्ने अभियानको निरन्तरता दिनको लागि आफ्नो जीत भएको बताउँछन् । साथै विशेषत आईक्यान एक शैक्षिक संस्था पनि भएकाले शिक्षाको क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने तथा चुनौति र अवसरलाई ब्यवस्थापन गर्दै आईक्यानलाई विश्वस्तीय ब्यवसायिक संस्थाको रुपमा विकास गर्न सहयोग उनको योजना रहेको उनले सिए सरोकारलाई बताए । विगतमा पनि शैक्षिक मुद्दाहरुमा खरो रुपले प्रस्तुत भएका देवकोटा आगामी दिनमा पनि सोलाई निरन्तरता दिने सोचमा रहेको बताउँछन् । नियमनकारी निकायको रुपमा आईक्यानको भुमिका केही ओझेलमा परेको र सोलाई सहीबाटोमा ल्याउन विभिन्न किसिमका उपायहरु अवलम्बन गर्नुपर्नेमा उनको जोड छ ।
आईक्यानको निर्वाचनमा नाम कहलिएका वरिष्ठ ब्यक्तिहरुलाई त बारम्बार पराजय आत्मसाथ गर्नु परिरहेको अवस्थामा कसरी सम्भव भयो लगातार तीन पटक सफल हुन परिषदको निर्वाचनमा ? भन्ने हाम्रो प्रश्नमा उनले भने “आफ्नो भन्दा पनि आईक्यान र लेखा एवं लेखापरीक्षण ब्यवसायको हितमा काम गरेको हुनाले अग्रज सरहरु, समकक्षी साथीहरु र नयां चार्टर्ड एकाउन्टेन्ट भाईबहिनीहरुको विश्वासले सम्भव भएको हो ।” ‘जिरो कस्ट मै चुनाव जित्छु भन्ने अभिव्यक्ति का कारण पनि निर्वाचन ताका चर्चामा आएका देवकोटा पाँचौंचौं परिषदको पार्षदको रुपमा २०६६ सालमा निर्वाचित हुंदा मात्र २६ वर्ष रहेका देवकोटाको यो सबैभन्दा कम उमेरमा आईक्यानको पार्षद हुने रेकर्ड अर्को आईक्यानले ल्याउन लागेको दश बर्षे अवधारणाका कारण अव कहिले तोडिने छैन ।
प्रतिक्रिया दिनुहोस्