
नेपाल अडिटर्स एशोसियसन काठमाण्डौ जिल्ला कार्यसमितिको चौथो जिल्ला अधिबेसन सम्पन्न भएको छ । अधिबेसनको उद्घाटन प्रमुख अतिथि अर्थ सचिब (राजश्व) श्री राजन खनालले गर्नु भएको थियो ।
उक्त अधिबेसनले बहादूर सिं बिष्टको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिलाई निर्बाचित गरेको छ । निर्बाचित कार्य समितिको उपाध्यक्षमा कुमार खतिवडा, सचिबमा पोषकलाल श्रेष्ठ, सहसचिबमा हरि रायमाझी, कोषाध्यक्ष्मा पुर्णबहादुर चन्द, सदस्यहरुमा अनिता सिलवाल, राजेशकुमार दत्त, सोमनाथ अधिकारी, बिष्णुप्रसाद ज्ञवाली, भिष्मराज चालीसे, चिन्तमणी अधिकारी, डिल्ली प्रसाद उपध्याय सुबेदी, र हरिराम भट्ट निर्बाचित भएका छन् ।
बृहतरुपमा लेखापरीक्षकहरुको उपसिथती रहेको कार्यक्रममा प्रमुख अतिथि अर्थ सचिब राजन खनाल, अडानका केन्द्रिय अध्यक्ष श्री मोहनराज रेग्मी, संस्थापक अध्यक्ष श्री कमल खरेल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का बर्तमान तथा पूर्व पार्षद, लगायत अडानका केन्द्रिय पदाधिकारीहरु, क्षेत्रिय पदाधिकारीहरु, भक्तपुर, ललितपुर जिल्ला कार्य सििमतका पदाधिकारीहरु, काठमाण्डौका पदाधिकारी एबं सदस्यहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रमको बन्दसत्रमा अध्यक्ष बहादूर सिंह बिष्टले पेश गर्नु भएको अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष श्री कुमार खतिवडाले पेश गरेको कोषाध्यक्षको प्रतिबेदन संसोधन सहित पारीत गरिएको थियो । कार्यक्रममा लेखापरीक्षकहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरुको आबश्यकतामा जोड दिईएको थियो । अर्थसचिब श्री राजन खनालले ति कार्यक्रमहरु प्रति सकारात्मक रहेको बताएका थिए ।
कार्यक्रममा पेशामा निरन्तर लागीपरेका ज्येष्ठ लेखापरीक्षक सदस्य श्री झंकप्रसाद गौतमलाई अभिनन्दन एवम्. सम्मान गरिएको थियो ।
आगामी जेष्ठ २१, २२ र २३ गते काठमाण्डौमा हुने चौथो राष्टिय अधिबेसनलाई भब्य बनाउन सबै लेखापरीक्षकहरु सक्रियताका साथ लागीपर्न आब्हान समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्