Skip to content

सिए भारत रिजाल एनआरएन अन्तर्गतको व्यापार तथा लगानी प्रवर्धन समितिको सदश्यमा नियुक्त

एक्यानका पूर्वअध्यक्ष एवम् आइक्यानका काउन्सिल सदश्य सिए भरत रिजाल एनआरएन अन्तर्गतको व्यापार तथा लगानी प्रवर्धन समितिको सदश्यमा नियुक्त भएका छन् । सिए रिजाल हालसालै उक्त समितिको सदश्यमा नियुक्त भएका हुन् । उक्त समितिमा उनको नियुक्तीसँगै नेपालमा बैदेशिक लगानी क्षेत्रमा थप टेवा पुग्ने आशा गरिएको छ । 
गैर आवासीय नेपालीहरुको संगठन अन्तर्गत विभिन्न समितिहरुमध्ये व्यापार तथा लगानी प्रवर्धन समिति पनि एक हो । एनआरएन अन्तर्गतका विभिन्न समितिमा सिएहरुको सहभागीता निकैनै कम भएका बेला रिजालको नियुक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्