Skip to content

पत्रकारका आगाडी आइक्यानले गर्यो आफ्नै बेइज्जत, दुई ‘ब्लन्डर’ सहित आइक्यानको प्रेस बिज्ञप्तिमा २९ त्रुटी !

विद्यार्थी र अन्य सरोकारवालाहरु आइक्यानलको कामबाट आजित भएको खबर त नौलो होइन । तर यसपालीआइक्यानको ‘काम चलाउ’ पाराले पत्रकारहरु पनि आजित हुनुपरेको छ । प्रशिक्षार्थी पत्रकारले समाचार लेखेकोभन्दा पनि तल्लो स्तरको प्रेस बिज्ञप्ति पत्रकारहरुलाई थमाएर आइक्यानले आफ्नो बेइज्जत गरेको छ । 

प्रेस बिज्ञप्तिमा दुई ‘ब्लन्डर’ भए । नेपालको सबैभन्दा जेठो सिए पढाउने संस्था सीएआइको नामनै बिज्ञप्तिमा गलत लेखिएको छ । बिज्ञप्तिमा ‘CAI’ लेख्नु पर्ने ठाउँमा ‘CIA’ लेखिएको छ । यता Mutual Recognition Agreement को ठाउँमा Mutual Reorganization Agreement लेखिएको छ । एक त अष्ट्रेलियासँग गरिएको सम्झौता एमआरए होइन भने अर्कोतर्फ त्यसलाई गलत तरिकाले लेखिएको छ ।
आइक्यानको प्रेस बिज्ञप्तिमा दुई ‘ब्लन्डर’ सहित २९ वटा त्रुटिहरु छन् । परिक्षा हुनुपर्नेमा ‘परिक्ष’ लगायत कुल २९ वटा गल्ती उक्त बिज्ञप्तिमा छ ।
यता पत्रकारहरुले आइक्यानले थमाएको प्रेस बिज्ञप्ति आफुले देखेका विज्ञप्तिहरुमध्येकै ‘थर्ड क्लास’ भएको प्रतिकृया दिएका छन् । ‘बिज्ञप्तिनै यस्तो छ, संस्थामा कति समस्या होला ?’ एक दैनिक पत्रिकाबाट आएका पत्रकारले गुनासो गरे ।
यता आफ्नो संस्थाको नामनै गलत लेखेर आइक्यानले आफ्नो बेइज्जत गरेको भन्दै सीएआइका प्रतिनिधिले समेत गुनासो पोखेका छन् भने सम्मेलनको मुख्य चीजलाई नै लापरवाही गरेर आइक्यानले निकै ठूलो गल्ती गरेको उपस्थित विभिन्न इन्स्टिच्युटका प्रतिनिधिहरुले गुनासो पोखेका छन् । 
आज आइक्यानले यहि जेठ १ र २ गते गर्न लागेको सिए करियर एक्स्पोका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो । रिपोर्टर्स क्लब नेपालमा आयोजना भएको उक्त सम्मेलनमा देशका मुलधारका कुनै पनि मिडियालाई खबर गरिएको थिएन भने ब्यबस्थापन पनि निकै कमजोर थियो ।
        

प्रतिक्रिया दिनुहोस्