Skip to content

सिए सरोकारका पत्रकारलाई थर्काउँदै बिजय पाठकले भने ,” तपाइँलाई सिमाका बारेमा समाचार लेख्ने अधिकार कसले दियो ?”

सिए सरोकार अनलाईन पत्रिकामा हिजो प्रकाशित “एओसी ‘बिग फोर’ इन्स्टिच्युटको लिस्टमा : विश्लेषक” परिमार्जित सिर्षकको समाचारमा प्राइम , सीसीएमए , सीएआई र सिमामध्ये सिमाका पछिल्ला केहि वर्षका नतिजाहरु खस्किएका कारण सिमालाइ पछाडी पार्दै एओसी ‘बिग फोर’ को लिस्टमा परेको भन्ने समाचार प्रकाशित भएपछी सिमाका कोअर्डिनेटर बिजय पाठकले समाचारप्रति आपत्ति जनाउँदै सिए सरोकारका पत्रकारलाई टेलिफोन मार्फत थर्काएका छन् ।  उनले सिए सरोकारका पत्रकार सुरज प्याकुरेललाई मंगलबार राती फोन गर्दै समाचार प्रति असन्तुस्टी जनाएका हुन् । उनले फोन मार्फत, ” के हो सुरज जी ? हावा समाचार लेख्ने ? सिमाका बारेमा तपाईलाई के थाहा छ ? कसको इन्फ्लुयेंसमा सीमालाई सत्रु मान्दै हुनुहुन्छ ? समाचार लेख्नु अघि मलाई , प्रकाश लम्शाल सरलाइ वा हरिलाइ सोध्नु पर्दैन ? त्यो समाचार पढेर मान्छेले सीमालाई के सोच्छन ? त्यस्तो हावा समाचार तुरुन्त हटाउनुस, म १० मिनेट पछी चेक गर्छु ” फोनमा निकै उत्तेजित रुपमा प्रस्तुत भएपछी सिए सरोकारका पत्रकार सुरज प्याकुरेलले रातिको समय भएका कारण  भोलि भेटेर कुरा गरौंला भनेर फोन राखेका थिए।
भोलि पल्ट के भयो ?:  बिहान ११ बजेतिर सिमामा पुगेका सुरज प्याकुरेलसंग कुराकानी गर्दै आक्रोशित हुँदै बिजय पाठक ले भने,” तपाइँले ‘ल’ (कानुन)पढ्नु भएको छ ? प्रा।लि संस्थाका बारेमा पब्लिक फोरममा बोल्न पाइन्छ ? हामी बिग्रिए पनि , सप्रिए पनि त्यो हाम्रो कुरा हो ! तपाइले कसको इन्फ्लुयेंसमा हाम्रा बारेमा समाचार लेख्नुभो ? हिजो जन्मिएको संस्थासंग हामीजस्तो ईतिहास बोकेको संस्थालाई तुलना गर्ने ? हाम्रा बारेमा समाचार लेख्ने अधिकार तपाइँलाइ कसले दियो ?” जवाफमा सिए सरोकारका पत्रकार सुरज प्याकुरेलले समाचार लेख्नु आफ्नो धर्म भएको र ‘बिग फोर’ मा एओसी प्रवेश गरेको र सिमा हटेको भन्ने विश्लेषण सिए बजारले गरेको भन्दै तपाईंलाइ सोध्ने आबश्यकता ठानेनौं भनेपछी  बिजय पाठकले  आक्रोशित हुँदै भने ” तपाइँ हरुलाई के पुगेन ?”
पत्रकार प्याकुरेल र पाठकबीच करिव आधा घण्टाको कुराकानी भएको थियो। पत्रकार प्याकुरेलले  समाचारमा चित्त नबुझे सम्बन्धित ठाउँमा गएर उजुरी गर्न सकिने बताएपछी बिजय पाठक केहि साम्य  हुँदै आफ्नो त्यस्तो उद्देश्य नभएको, र सिए बजार सानो भएकोले एक आपसमा सहयोग गर्दै अगाडी बढ्नु पर्ने बताएका थिए। “तपाईलाई के पुगेन ? ” भन्ने बिजय पाठकको प्रश्नले आफ्नो स्वाभिमान प्रति दुर्ब्यबहार गरेको ठान्दै सुरज प्याकुरेलले ” हामीलाई तपाइको केहि पनि चाहिंदैन , बस् हामी बजारका कुरा सबैलाई अपडेट गराउछौं। भनेका थिए।  प्रालि संस्थाको समाचार लेख्न नपाइने कानुन कतै पनि नभएको र सिमा सैक्षिक संस्था भएकाले सिए बजारमा यसको अपडेट गराउनु आफ्नो धर्म भएको प्याकुरेलले बताएका थिए।  नेपाल सरकार सुचना बिभागले दिएको पत्रकार परिचय पत्र नै आफ्नो समाचार लेख्ने अधिकारको प्रमाण पत्र भएको बताउँदै सुरज प्याकुरेलले सिमाको नतिजा खस्किएको भन्ने बजारको विश्लेषण भएकाले आफुले सम्पादन गरेको समाचार गलत नभएको दाबी गरेका थिए। 
सिमा र प्रकाश लम्शालका कुरा : “तपाइले प्रकाश लम्शाललाइ सोधेको भए पनि हुन्थ्यो !” भन्ने बिजय पाठकको कुरालाई लक्षित गर्दै प्याकुरेलले “प्रकाश सरले त म सिमामा छैन भन्नु भएको थियो नि !” भनेपछी बिजय पाठकले आश्चार्य मान्दै भनेका थिए,” प्रकाश सरले मेरो सिमामा शेयर छैन नै भन्नुभयो ? ” यस अघि प्रकाश लम्शाल र सिमामा उनको उपस्थिति बारे समाचारको एक अंशमा बिस्लेशकहरुको भनाइलाइ उदृत गर्दै  सिए सरोकारले यस्तो लेखेको थियो:
बजारको पेलानले सीमालाई खस्काएको विश्लेषकहरुको भनाइ  : आईक्यानको
उपाध्यक्षमा निर्वाचित भएपछी नैतिक रुपमा सिमामा आफ्नो उपस्तिती नरहने
भन्दै प्रकाश लम्साल सिमाबाट बाहिरिएको खबरले सीमाको गुडविललाइ खस्काइदिएको
भन्ने विश्लेषण विभिन्न सरोकारवालाहरुले गरिरहेका छन् । यता बजारका
एकथरीहरुले भने प्रकाश लम्साल सिमाबाट निस्किएको झुटो प्रचार गर्दै आफ्नै
आफन्तलाइ सिमाको शेयर ट्रान्सफर गरी हाल  सिमामा फरक तरिकाले सक्रिय भएको
आरोप लगाउंदै आएका छन् भने प्रकाश लम्शाल भने सिमामा आफ्नो कुनै पनि खालको
उपस्तिती नरहेको दाबी गर्दै आएका छन्।  बजारका विभिन्न सरोकारवालाहरुले
लगाएको सीमाले प्रकाश लम्शालको पदको आडमा आफ्नो ब्यापारलाइ अगाडी बढाएको
भन्ने आरोपकोका कारणले पनि सिमाले उल्लेखनीय रुपमा बजारमा आफ्नो उपस्तिती
देखाउँन नसक्दा सिमा ठुला इन्स्टिच्युटहरुको लिस्टमा पछाडी परेको विश्लेषण
नेपाली सिए बजारले गरिरहेको छ।  “
 
“तपाइले गलत तरिकाले म संग बोल्नु भयो !  फोनमा त्यसरि मलाई थर्काउने ?” भनेर पत्रकार प्याकुरेलले  सोधेपछी बिजय पाठकले तपाईलाई मैले बोल्दा जति पिडा भयो त्यसभन्दा हजार गुणा पिडा मलाई तपाइको समाचारले दिएको छ भनेका थिए। केहि बेरको भनाभनपछी साम्य हुँदै बिजय पाठकले आउँदा दिनहरुमा समाचार लेख्दा आफुलाई सोध्न आग्रह गरेपछी पत्रकार प्याकुरेलले आबश्यक परेको खण्ड म सोधौंला भनेर जवाफ दिएका थिए। मंगलबार सिए सरोकार अनलाइन पत्रिकामा सिमा एकेडेमिक्सको नतिजा खस्किएको र एओसीको नतिजा माथि रहेकोले एओसी ‘बिग फोर’ मा पुगेको समीक्षात्मक समाचार प्रकाशित भएको थियो।

प्रतिक्रिया दिनुहोस्