
विद्यार्थीलाई दिने आइटी तालिमलाई लिएर अध्यक्षले अनियमितता गरेको भन्दै अख्तियारमा परेको उजुरी अख्तियारले अर्थमन्त्रालय पठाएपछी अर्थ मन्त्रालयले आइक्यानलाई पत्र काटेपछि आइक्यानमा अध्यक्षलाई लगाइएको भ्रष्टाचार सम्बन्धि आरोपको सत्यतथ्य पत्ता लगाउन एक समिति बनेको छ । तर यतिबेला आइक्यान अध्यक्षलाई कारवाही गर्नुपर्छ वा पर्दैन भन्ने कुरामा आइक्यानमा स्पष्ट दुइ धार देखिएको छ ।
आइक्यानका उपाध्यक्ष महेश खनाल, प्रकाश लम्शाललाई कारवाही नगर्ने लाइनमा छन् । यता उनको यहि लाइनकै कारण आइक्यान अध्यक्षले उनलाई यो समितिमा सिफारिस गरेको स्रोतको दावी छ । एउटा संस्थालाई दिनुपर्ने काम अर्कै संस्थालाई दिने कार्यमा महेश खनाल समेत सदश्य रहेको कमिटि लागि परेको भन्ने आरोप लागिरहेका बेला उनी अध्यक्षलाई कारवाही गर्नु हुन्न भन्ने लाइनमा रहेको बुझिएको छ । यता उक्त कमिटिमा रहेका प्रकाश लम्शाल निकटका एक अर्का सिए पनि अध्यक्ष लम्शाललाई कारवाही गर्न नहुने लाइनमा रहेको बुझिएको छ ।
यता आइक्यानमा काउन्सिल सदश्यहरुमध्ये अग्रज मानिएका नेपालका पहिलो सिए भवनाथ दाहाल, र आइटी समितिका अध्यक्ष भरत रिजाल, लगायतका सिएहरु आइक्यानका अध्यक्ष प्रकाश लम्शाललाई कारवाही गर्नुपर्ने अडानमा छन् ।
आइटि समितिले गरेको निर्णयमा आफ्नो स्वार्थ राखी जवर्जस्ती अरुलाई काम गरी अनियमितता गरेको भन्दै उक्त समितिका अध्यक्ष रिजाल लम्शाललाई कुनै पनि हालतमा कारवाही गर्नुपर्ने लाइनमा छन्।
यता यो मामलामा तथष्ट बस्नेहरु पनि छन् । काउन्सिल सदश्य सुनील राम प्रवोध शाह, जगन्नाथ उपाध्याय लगायतका सिएहरु यो मामलामा चुप बसेको स्रोतको दावी छ ।
यो प्रकरणले आइक्यानको आशन्न अध्यक्ष र उपाध्यक्षको चुनाव पनि प्रभावित हुने भएको छ । महेश खनाल आइक्यानका अध्यक्षलाई कारवाही नगर्ने लाइनमा रहे, सके अध्यक्षको अर्को उमेद्वार उठाउने, नसके उनको नेतृत्वलाई नैतिक असहयोग गर्ने लाइनमा छन् भने आइक्यान अध्यक्षलाई कारवाही गरे महेश खनाललाई चुनावमा असहयोग गर्ने अर्को पक्षको तयारी छ ।
यसरी आइक्यानका उपाध्यक्ष दुइ धारको चेपुवामा परेका छन् । यहि बिषयलाई लिएर महेश खनालले आइक्यान अध्यक्ष प्रकाश लम्शाललाई कारवाही नगर्नेनै लाइनमा रहे र अर्को अध्यक्षको उमेद्वार पनि उठाउन नसके, उनको आउँदो कार्यकाललाई अफ्ट्यारोमा पार्ने एक धारको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्