लामो समयको तयारी पछि बजारले निकै प्रतिक्षा गरेको मोबाईल एप्लिकेशन ‘Taxpert’ प्लेस्टोरमा अपलोड भएको छ । नेपालको कर सम्बन्धि समस्याहरुलाई एउटै स्थानबाट सम्बोधन गर्ने उद्देश्य लिएर यो एप्सको सुरुवात गरिएको छ ।Taxpert ब्राण्डबाट प्लेस्टोरमा अपलोड भएको एप्सले सबै प्रयोगकर्ताको मन जित्ने बिश्वास यसका निर्माण पक्षको छ ।
के के छन त बिशेषता ?
“यो एप्सले कर सम्बन्धि सम्पुर्ण समस्याको समाधान एउटै स्थानबाट दिने लक्ष्य राखेको छ” Taxpert एप्सका अबधारणाकार शेषमणि दाहालले भने । यो एप्सबाट हरेक कर सम्बन्धि समस्या समाधान गर्ने लक्ष्यका साथ दैनिक रुपमा कडा मेहनत गरिरहेको उनले बताए ।
यो एप्समा तपाईले आफ्ना समस्या तथा जिज्ञाशाहरुको समाधान खोज्न सक्नुहुन्छ । डाटाबेशमा तयार गरेर राखिएका हजारौ समाधानहरुबाट तपाईले खोजेको समाधान केहि निमेशमै प्राप्त गर्न सक्नुहुन्छ त्यो पनि समाधानको श्रोत सहित । त्यस्तै, तपाईले तलबमा कर गणना, टिडिएसको गणना समेत यहि एप्सबाट गर्न सक्नुहुनेछ । त्यसका अतिरिक्त तपाईले करसम्बन्धि नियम, परिपत्र, निर्देशिका लगायतका महत्वपुर्ण कागजात पनि यहि एप्सबाट प्राप्त गर्न सक्नुहुनेछ ।
त्यस्तै कर कार्यालयले जारी गरेको महत्वपुर्ण सुचना तथा जानकारीहरु पनि तपाईले यो एप्सको नोटिस बोर्डमा प्राप्त गर्न सक्नुहुनेछ । कर तिर्ने म्याद बिर्सेर पटक पटक समस्यामा परेका करदातालाई यो एप्सले ठुलो राहत दिने छ । अर्थात करदाताले आफ्नो ब्यबसायबारे जानकारी एप्समा एक पटक सेट गरिसकेपछि, कर तिर्ने मितिबारे अग्रिम जानकारी दिने सुबिधा पनि यो एप्समा रहेको छ ।
तपाईले खोजेका समस्याको समाधानमा थप स्पस्ट हुन चाहेमा वा कुनै पनि समस्या तथा जिज्ञाशाहरुको ब्यक्तिगत तवरबाट समाधान खोज्नुपरेमा सम्पर्क गर्न मिल्ने गरि एप्सलाई तयार गरिएको छ । यो एप्स यो तलको लिङ्कमा गएर सोझै प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
को हुन त सम्भाबित प्रयोगकर्ता ?
यो एप्स चलाउदाँ एउटै समुह वा ब्यक्तिलाई मात्र टार्गेट गरेर बनाएको देखिदैन । यो एप्स बिद्यार्थी देखि लिएर, करदाता, लेखापरिक्षक, तथा कर सम्बन्धि रुचि राख्ने जो कोहिलाई पनि फलदायी छ । अहिले सुरुको चरणमा एनजिओ, आईएनजिओ, ब्यक्तिगत करदाता र सहकारीलाई आबस्यक पर्ने समस्याको समाधानको डाटाबेस तयार गरि राखिएको छ । साथै यो डाटाबेश दैनिक जसो अपडेट भईरहेको छ । यो एप्सको अन्य बिशेषताहरु भने जो कोहि पनि ब्यक्तिलाई प्रयोगको लागि महत्वपुर्ण हुन सक्दछ ।
भोल्कससफ्ट प्रालि ले तयार गरेको योे एप्सको लागि डाटाबेस तयार गर्न बषौदेखि कर क्षेत्रमा नै काम गरिरहेका बिज्ञहरुको एउटा टोली नै लागि परेको छ ।
के थपिन्छन त अरु बिशेषता ?
यो एप्समा अरु के बिशेषता थपिएलान त भन्ने हाम्रो जिज्ञाशामा दाहालले भने “हामी यो एप्सलाई नेपालको करको लागि One stop solution बनाउन चाहान्छौ, त्यसका लागि हाम्रा प्रयोगकर्ताले जे चाहान्छन त्यो बिशेषता थपेर नयाँ भर्सन निकाल्न हामी तयार छौ, अहिले पनि केहि थप नयाँ फिचरहरुमा काम भईरहेको छ ।” के हुन त ती नयाँ थप फिचरहरु भन्ने कुरा भने उनले खुलाउन चाहेनन ।
ट्याक्सपर्ट (Taxpert) सम्बन्धि पछिल्ला अपडेटहरु तथा कर प्रसासनका पछिल्ला निर्णय तथा सुचनाहरु https://www.facebook.com/NepalTaxExpert मा प्राप्त गर्नसक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्