Skip to content

विद्यार्थीको लागि खुशीको खबर ,प्रश्नपत्र अध्ययन गर्न अतिरिक्त समय दिने आइक्यानको निर्णय

https://casarokar.com/wp-content/uploads/2016/05/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP-3.jpgआइक्यानले  आउंदो जुनको परिक्षादेखि लागु हुनेगरी सम्पूर्ण तहका परिक्षामा परिक्षा सुरु हुनुअघि प्रश्नपत्र पढ्न ५ मिनेटको समय दिने भएको छ । आइक्यानको गत शुक्रबार बसेको काउन्सिलको बैठकबाट बिद्यार्थीलाई परिक्षा सुरु हुनु अघि ५ मिनेट समय दिने निर्णय गरेको बताइएको छ ।  
बिगत लामो समयदेखि यस्तो व्यवस्था गराउन विद्यार्थीले माग गरेका थिए । काउन्सिलमा उठेको यस एजेन्डामाथि छलफल हुँदा सर्वसम्मत रुपमै यो एजेन्डा पास भएको एक काउन्सिल सदस्यले सिए सरोकारलाई बताए ।

यता विद्यार्थीहरुले भने ५ मिनेटको समय निकै कम भएको बताएका छन् । सिए सरोकारसँग कुराकानी  गर्दै आउँदो जुन महिनामा क्याप टु को परिक्षा दिन लागेका एक विद्यार्थी भन्छन्, ‘निर्णय सकारात्मक भयेपानी समय पुगेन।  कम्तीमा १५ मिनेट राखिदिएको भए निकै राम्रो हुन्थ्यो । ‘

विदेशका सिए संस्थाहरुमा पनि यस्तो प्रावधान छ । आइसीएआइ र एसीसीएको परिक्षामा समेत प्रश्नपत्र हेर्न मिल्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्