Skip to content

बढेको लेखापरिक्षण शुल्क कार्वनयन जटिल बन्ने संकेत, अधिकांस सहकारीको आगामी बर्षको अडीट बजेट ५०,००० मात्र !

आइक्यानले यहि साउन एक गते देखि लागु हुने गरी बढाएको लेखापरिक्षण शुकको कार्वनयन पक्ष निकै नै जटिल हुने संकेत देखिएको छ।  बार्षिक साधारण सभामा प्रस्तुत अधिकांस सहकारीको बार्षिक बजेटमा लेखा परिक्षण शुल्क ५० हजार देखिएको छ। 
सोमबार काठमाडौँमा भएको एक सहकारी संस्थाको साधारण सभामा आगामी बर्षका लागि कोषाध्यक्षले प्रस्तुत गरेको बजेटको एक अंश 
सोमबार काठमाडौँमा यस्तै एक सहकारीको बार्षिक बजेट संस्थाका कोषाध्यक्षले प्रस्तुत गरे।  तर प्रस्तुत गरिएको बार्षिक बजेटमा लेखा परिक्षण शुल्क मात्र ५०, ००० थियो।  यसबारे संस्थाका कोषाध्यक्षसंग सिए सरोकारले प्रश्न सोध्दा आफुलाई यसबारे केहि पनि थाहा नभएको र आफ्ना लेखा परीक्षकले समेत त्यस्तो कुनै जानकारी नदिएको बताए।  उनले आफ्नो संस्थामा मात्र होइन अधिकांस सहकारीको लेखा परिक्षण शुल्क आगामी बर्षका लागि करिव ५०,००० भएको बताएका छन्। 
यसरी हेर्दा आइक्यानले लागु गरेको लेखा परिक्षण शुल्क सहकारीको हकमा कार्वनयन गर्न निकै नै जटिल भएको सरोकारवाला हरुको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्