आइक्यान र एनाकासाको संयुक्त आयोजनामा सिए विद्यार्थी सम्मेलन बिराटनगरमा सम्पन्न भएको छ । यहि चैत्र ५ र गते बिराटनगरस्थित अतिथि सदनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । मेरिल्याण्ड एप्लाईड सिए एकेडेमीको मुख्य प्रायोजन र जेनिथ इन्टरनेश्नल कलेज र रमपम चाउचाउको सह प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमका लागि काठमाडौँबाट ३०० को हाराहारीमा विद्यार्थी विराटनगर पुगेका थिए भने विराटनगरका विद्यार्थीहरुको समेत उक्त कार्यक्रममा उल्लेखनीय उपस्थिति थियो । सिए सरोकारसँग कुराकानी गर्दै सहभागी विद्यार्थीहरुले कार्यक्रम अन्तराष्ट्रिय स्तरको भएको प्रतिक्रिया दिएका छन् ।
समापन कार्यक्रममा बोल्दै अतिथिहरुले कार्यक्रम निकै सफल भएकोमा आयोजकहरुलाई बधाई दिएका छन् । यता एनकासाका कोशाध्यक्ष ऋषि पोखरेलले बिराटनगरमा भएको कार्यक्रमले एनकासालाई अझै राम्रा काम गर्न उर्जा दिएको र निकट भविष्यमै काठमाडौँमा अन्तराष्ट्रिय विद्यार्थी सम्मेलन आयोजना गर्ने बताएका छन्।
कार्यक्रममा आइक्यान बिराटनगरका तर्फबाट बोल्दै सिए अश्वीनी बंसलले कार्यक्रम सफल पार्न सयहोग गर्ने सबैलाई धन्यवाद दिँदै एनाकासाले अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा गर्दा आफुहरुले पनि बिराटनगरबाट राम्रो संख्यामा विद्यार्थीहरु उक्त कार्यक्रममा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै मेरिल्याण्ड एप्लाइड सिए एकेडेमीका तर्फबाट आरए मोहन सुबेदीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा सहभागी हुन पुगेका विद्यार्थीहरु भोलि बिहान बिराटनगरबाट हिड्दैछन् । आज आयोजकका तर्फबाट उनीहरुलाई विभिन्न उद्योगको भ्रमण गराइएको छ ।
समापन कार्यक्रममा सम्मेलनमा उत्कृष्ट प्रस्तुती दिने पेपर प्रस्तुतकर्ताहरु, स्वयम् सेवकहरु, अतिथि, कार्यक्रम सम्पन्न गर्न सयहोग गर्ने सहयोगीहरु र संचारकर्मीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
बिराटनगरमा सम्पन्न भएको यो पहिलो सिए विद्यार्थी कन्फेरेन्स हो ।
प्रतिक्रिया दिनुहोस्