Skip to content

‘सिनर्जी’ पुस्तक समिक्षा, के के छन् सवल र कमजोर पक्ष ?

यसपाली एनाकासाले प्रकाशित गरेको ‘सिनर्जी पत्रिका’ साच्चै नै उत्कृष्ट थियो । पत्रिकाकी प्रधान सम्पादक रुषा गिरीले निकै नै मेहेनत गरेको प्रष्ट देखिन्छ पुस्तकमा ।  कुन बिषयलाई कस्तो र कुन स्थान दिनुपर्छ भन्ने कुरालाई निकै नै सुन्दर सम्योजन  गरिएको छ यसपालीको पुस्तकमा ।  निकै नै सुन्दर तरिकाले हरेक सामाग्रीहरुको ‘डिजाइन’ गरिएको छ भने पुस्तकको ‘कन्टेन्ट’ देखि ‘कभर’ सम्म उत्कृष्ट बनेको छ। 
सिनर्जीको राम्रो पक्ष : सिनार्जीमा निकै नै मेहेनत गरिएको भान हुन्छ ।  सबै लेख तथा रचनाहरु निकै नै राम्रो ढंगले प्रस्तुत गरिएको छ भने पुस्तकको गुणस्तर निकै नै राम्रो छ ।  कभर डिजाइन उत्कृष्ट छ भने भित्री ‘कन्टेन्ट’को  डिजाइन पनि उत्कृष्ट छ ।   समग्रमा पुस्तक ‘सुन्दर’ कृति बन्न सफल भएको छ । 
सिनार्जीको कमजोर पक्ष : ठाउँ ठाउँमा व्याकरणीय त्रुटी छन्।  कतिपय स्थानमा नामको ‘स्पेलीङ’ गलत लेखिएको छ । आइक्यानको सदस्यता नपाइ नामको अगाडी सिए लेख्न नपाइने आइक्यानको नियमलाई सिनार्जीले वास्ता गरेको छैन ।  सिनार्जीले बिगतमा झैं नेपाली भाषाको कुनै पनि लेख तथा रचनाहरु प्रस्तुत गरेको छैन ।   
समग्रमा पुस्तक निकै नै राम्रो छ।  बिगतभन्दा धेरै सुधारिएको र सुन्दर पनि । 

प्रतिक्रिया दिनुहोस्