Skip to content

सुरु भयो सिए विद्यार्थी सम्मेलन, विराटनगर सिएमय बन्यो !

बिराटनगरमा सिए विद्यार्थी सम्मेलन सुरु भएको छ । आइक्यान र एनाकासाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम सुरु भएको छ । काठमाडौँबाट २०० सयको हाराहारीमा विद्यार्थीहरु बिराटनगर आएका छन् भने आइक्यानका अध्यक्ष, एक्यानका अध्यक्ष लगायतका अतिथिहरु बिराटनगरमा आइसकेका छन् ।

आज विहान ९ बजे कार्यक्रम उद्घाटन गरिने कार्यक्रम छ । त्यसपछि दिउँसो सिए विद्यार्थी सम्मेलन र बेलुका सांस्कृतिक कार्यक्रम गरिने कार्यक्रम छ ।

सिए विद्यार्थी सम्मेलन आयोजना भइरहंदा विराटनगर भने पूरै सिएमय बनेको छ ।  चोक चोकमा सिए विद्यार्थी सम्मेलनका बारेमा जानकारी दिईएका गेटहरु बनाइएका छन् भने बिराटनगरका विद्यालयका शिक्षकहरु पनि सिए विद्यार्थी सम्मेलनमा सहभागी भएका छन् ।

एनाकासा र आइक्यानले मोफसलमा गरेको यो पहिलो सिए विद्यार्थी सम्मेलन हो ।    

प्रतिक्रिया दिनुहोस्