
पत्रकारहरुको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल अन्तर्गतको ‘अडिट ब्युरो अफ सर्कुलेशन (एबिसी)’ समितिमा एक्यानका तर्फबाट सिए आनन्द शर्मा वाग्ले नियुक्त भएका छन् । एक्यानका तर्फबाट एक जना प्रतिनिधि प्रेस काउन्सिल नेपालको उक्त समितिमा नियुक्त हुने प्रावधान रहेको छ । हरेक पटकझैं यसपाली पनि एक्यानका तत्कालिन कोषाध्यक्ष यो पदमा नियुक्त भएका हुन् ।
एक्यानका तर्फबाट प्रेस काउन्सिल नेपालको उक्त समितिमा को जाने भन्ने बारेपनि एक्यान भित्रै ‘राजनीति’ भएको थियो । यहि विषयलाई लिएर एक्यान भित्रकै एक गुटले कोषाध्यक्ष पठाउने चलनलाई तोड्दै अन्य सदश्य पठाउनुपर्ने भन्दै एक्यान र प्रेस काउन्सिलमा समेत लाविङ गरेको थियो । तर सिए क्षेत्रमै कलम चलाउने पत्रकारहरुले लाविङ गरिएका व्यक्तिले पटकपटक पत्रकारलाईनै धम्की दिने काममा सहयोग पुर्याएको भन्दै कुनै पनि हालतमा उक्त समितिमा आनन्द शर्मा वाग्लेनै जानुपर्ने भन्दै सम्बन्धित ठाउँमा अनौपचारिक रुपमा ध्यानाकर्षण गराएको थियो ।
यस अघि सिए मदन निरौला हालका आइक्यान अध्यक्ष प्रकाश लम्शाल लगायत उक्त समितिमा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्