
काठमाडौं- नेपाली नयाँ वर्ष २०७३ को अवसरमा दिल्लीमा सीए अध्ययन गरिरहेका विद्यार्थी संगठनहरु मध्येको एक हातेमालो नेपाली विद्यार्थी समुहले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दिल्लीस्थित आइटिओको आइएमए भवनमा समुहले कार्यक्रम सम्पन्न गरेको हो । दिल्लीमा हातेमालो नेपाली विद्यार्थी समूहका साथै, सिए नेपाल विद्यार्थी संघ दिल्ली, जुनकिरी एसोसिएसन अफ नेपाल, नेप्लिज स्टुडेन्ट हेल्पिङ ह्यान्ड्स, वी फाइनाइन्स, लगायतका विद्यार्थीका संगठनहरु छन् ।
कार्यक्रममा हातेमालो नेपाली विद्यार्थी समुहले नयाँ वर्ष २०७३ को क्यालेन्डर विमोचन गरिएको थियो भने संस्था कोषाध्य सागर भट्टराइले अर्ध-वार्षीक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका थिए । अनौपचारिक कार्यक्रममा नृत्य, गायन, ब्याण्ड प्रस्तुति र नाटक पेश गरिएको थियो ।
हातेमालो नेपाली विद्यार्थी समुहले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ । गत बर्षपनि समूहले नयाँ बर्षको अवसरमा नेपाली कलाकार समेत दिल्लीमा लगेर सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।
गत वर्ष समुहले आयोजना गरेको कार्यक्रममा आर्थिक अनियमितता भएको भन्दै हामी हाम्रा लागि नामक संस्था संचालन गरिरहेका सिए विद्यार्थी बिनेष थापाले लेखेको ब्लग, ‘हेलो हातेमालो त्यो हिसावचाहिं के भो कुन्नि ?’ शिर्षकको ब्लगलाई लिएर हातेमालो नेपाली विद्यार्थी समुहका तर्फबाट अध्यक्षले बिज्ञप्ति निकालेर उक्त आरोपको जिम्मेवारी मिडियाले लिनुपर्ने भन्दै अविव्यक्ति दिएका थिए ।
यस्तो थियो विनेष थापाको ब्लग :
‘हेलो हातेमालो ! त्यो हिसावकिताव चाहिं के भो कुन्नि?’, विनेष थापाको ब्लग’
![]() |
बिनेश थापा |
देशमा लोकतन्त्र आएपछि अभिव्यक्ति स्वतन्त्रताका खुब कुरा भए, हुन्छन् त भइरहेका छन् पनि । तर धेरै विद्यार्थीको सपनाको शहर, दिल्लीको लक्ष्मीनगरमा भएको एउटा कार्यक्रम र उक्त कार्यक्रममा भएको घोटालाबारे मैले प्रश्न गर्दा मलाई हातेमालो नेपाली विद्यार्थी समूह (एचएनएसजी) ले फेसबुक ग्रुपमा ब्लक नै गर्यो । कुरा के भएको हो भन्ने स्पष्ट गर्नुपर्नेमा मलाई ब्लक गरिएको घटनाले धेरै कुरा आफैं बोल्छ । तर पनि आज केहि कुरा लेख्दैछु । जसको उद्देश्य कसलाई आरोप प्रत्यारोप भन्दापनि सम्बन्धित व्यक्ति वा संस्था हुन् भन्ने चेतना होस् भन्ने हो ।
घटना गत वर्ष हातेमालो नेपाली विद्यार्थी समुहले गरेको नयाँ बर्षको कार्यक्रमको हो । १२ अप्रिल, २०१५ मा लब्ली पब्लिक स्कुलमा भएको उक्त कार्यक्रममा घोटाला भएको मेरो प्रश्नको उत्तर दिनु सट्टा मलाई किन फेसबुकमा ब्लक गरियो ? धेरै कुरा त मैले भन्नै पर्दैन । धेरै साथीहरुलाई थाहा नै छ । तर पनि केहि नभनी नहुने कुराहरु छन् ।
कार्यक्रममा रकमको चलखेल भएकै हो । हातेमालोका कतिपय साथीहरुले उक्त कार्यक्रमबाट आर्थिक स्वार्थ पूरा गरेकै हुन् । यस्तो भ्रष्ट कार्यक्रम रोक्न भनेर एक जना सिए विद्यार्थी बिमल अधिकारीले नेपाली दुताबासमा कार्यक्रम रोकी पाउँ भनी निवेदन पनि दिएका थिए । त्यसपछि मलाई कार्यक्रम ब्यवस्थापन गर्न बोलईयो । त्यो बेला म नै थिएँ हामी नेपालीको कार्यक्रम रोक्न नेपाली दुताबासमा गरिएको ‘कम्प्लेन’ अगाडी नबढाउनु भन्ने । अझ त्यो बेला अरु विद्यार्थी एसोसिएसन हरुलाई पनि मिलेर अगाडी बढौ, भाइचारा बढाउन एउटै टिशर्ट लाउँ भन्ने । नेपालीहरुले गरेको कार्यक्रम सफल हुँदा हामी सबै नेपालीहरुकै गर्वको कुरा हुन्थ्यो ।
तर पछि थाहा भयो, कार्यक्रममा थुप्रै घोटाला भएका रहेछन् । स्टेजलाइ दोब्बर पैसा दीईएको थियो । साउण्ड र लाइटलाइ पनि दिनु पर्नेभन्दा बढी पैसा दिइएको थियो । कार्यक्रममा प्रायोजन नगरे व्यवसाय नै बन्द गरीदिने धम्की दिएर केहि साथीहरुले प्रायोजक समेत खोजेका थिए । कार्यक्रमको पास वितरणमा पनि गम्भीर खालका घोटाला भएका छन् । धेरै पास बेचेर कम देखाइएका थिए ।
हातेमालो नेपाली विद्यार्थी समुहले आफ्नो ७औं साधारण सभामा समूह निकै घाटामा रहेको सार्वजनिक गरेको थियो । ४ अप्रिल, २०१६ मा हातेमालो नेपाली विद्यार्थी समुहका हालका अध्यक्ष सुनील बुढाथोकीले शेयर गरेको तश्वीरमा मैले , “most corrupted event ever by CA Student…sry to say but its true” भनेर कमेन्ट गरें । तर त्यसको स्पष्टिकरण दिनुको सट्टा मलाई ब्लक गरियो ग्रुपबाट । आखिर किन ? के एउटा सामान्य विद्यार्थीले यस्तो प्रश्न उठाउँदा त्यसको जवाफ दिनेकि ब्लक गर्दिने ? मलाई यसको जवाफ चाहिएको छ ।
हो म कमेन्ट गर्छु । पहिला पनि गरेको थिएँ । सीए एनएस युको कार्यक्रममा स्टेजमै उक्लिएर पनि कमेन्ट गरेको थिएँ । तर उनीहरु सुध्रिए । हातेमालोका साथीहरु कहिले सुध्रने ? जानकारी पाउँ !
-बिनेश थापा
(यो लेखकको व्यक्तिगत विचार हो । यसमा सिए सरोकारको कुनै पनि सम्पादकिय दायित्व छैन । )
हेर्नुहोस् यस्तो थियो हातेमालोको बिज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्