
हाल एन्ड्रोइड मोबाइल मार्फत उक्त एप डाउनलोड गरी पढ्न सकिनेछ । उक्त एपमा नेपालका चर्चित इकान्तिपुर, अनलाइनखबर, सेतोपाटी, रातोपाटी, नागरिकन्युज, बिजमांडू, उज्यालो अनलाइन, कारोबार, बिबिसी नेपाली सेवा, सिए सरोकार, नयाँ पत्रिका, लिविंङ विथ आइसिटि, नेप्लिज डट ओआरजी, लगायतका समाचार पोर्टलहरु राखिएका छन् ।
पाठकहरुले हरेक किसिममा समाचारहरु एकै ठाउँमा पढ्न पाउन् भन्ने उदेश्यले यसरी सबै चर्चित समाचार पोर्टलहरु एकै एपमा राखिएको भोल्कससफ्ट प्रालिका प्रबन्ध निर्देशक तुलसी दाहालले बताए । उनी भन्छन्, ‘नेपालमा सबैभन्दा बढी हेरिने विभिन्न क्षेत्रका समाचार पोर्टललाई एपमा राखेका छौँ । यसलाई अझै परिमार्जित गर्दै जाने लक्ष अनुरुप जनताले रुचाएका अनलाइन समाचार पोर्टलहरु यस एपमा राख्दै जानेछौं ।’
प्रतिक्रिया दिनुहोस्