Skip to content

आइक्यानलाई गिज्याईरहेको एउटा प्रतिनिधि तश्वीर !

फेसबुकमा कतै भेटिएको यो तश्वीर जसलाई सिए फाइनल अध्ययन गरिरहेका एक विद्यार्थीले पोष्ट गरेका हुन् । तश्वीरमा आफुलाई कन्सल्टेन्ट बताउने माधव खनालको फोन नम्बर छ । उक्त बोर्डमा उनले कर, भ्याट, अडिट रिपोर्ट लगायतका कामहरु गरिने लेखेका छन्, जुन आइक्यानको नियम विपरित छ ।  दीईएको नम्बरमा फोन गर्दा भने उठन । 
यस अघि पनि पत्रिकामा विज्ञापननै गरेर अडिट रिपोर्ट बनाइदिने भन्दै खुलेआम दलाली हुने गरेको समाचार सार्वजनिक भएको थियो।  काठमाडौँबाट प्रकाशन हुने एक साप्ताहिकमा निरन्तरजसो आउने तउक्त बिज्ञापन आइक्यानको नियम विपरित भएको समाचार सिएय सरोकारले सार्वजनिक गरेपछी उक्त बिज्ञापन रोकिएको छ । 
यो एउटा प्रतिनिधि उदाहरणमात्र हो ।  अहिले पनि देशभर विभिन्न स्थानमा अडिट रिपोर्टलाई लिएर यसरी गलत प्रचार भइरहेको छ । यसतर्फ आइक्यानको ध्यान जान जरुरी छ ।    

प्रतिक्रिया दिनुहोस्