Skip to content

एनाकासा कप क्रिकेटको उपाधि एनबिएसएमलाई

 एनाकासाले आयोजना गरेको एनाकासा कप क्रिकेटको उपाधि एनविएसएम एण्ड एसोसीएट्सले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा बिके अग्रवाल एण्ड कम्पनीलाई हराउँदै एनबीएसएमले उक्त उपाधि हात पारेको हो ।  पहिले ब्याटिङ गरेको बिके अग्रवाल एण्ड कम्पनीले एनबिएसएमलाइ १०१ रनको  चुनौती प्रस्तुत गरेको थियो । उक्त चुनौती निर्धारित ओभरमै पूरा गरी एनबिएसएमले उक्त उपाधि हात पारेको हो । गत बर्षको क्रिकेट प्रतियोगीतामा एनबिएसएम फाइनलमा पुगेर पराजित भएको थियो । 

प्रतियोगीतापछी आयोजना भएको ‘पोष्ट म्याच’ मा बोल्दै एनबिएसएमका म्यानेजिङ पार्टनर नील बहादुर सारुमगरले सम्पूर्ण टिमकै मेहेनतका कारण उक्त सफलता हासिल भएको बताएका थिए । समुहमा रहेका सम्पूर्ण खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई एवम् धन्यवाद दिंदै उनले आयोजक एनाकासालाइ समेत धन्यवाद दिएका छन् । 
कार्यक्रममा आइक्यानका उपाध्यक्ष महेश खनाल, एक्यानका अध्यक्ष भरत रिजाल,आइक्यानका पूर्व अध्यक्ष महेश गुरागाईं लगायतका सिएहरुको उपस्थिति थियो भने उपस्थित सबैले कार्यक्रम सम्पन्न गरेकोमा एनाकासालाई  र बिजेता भएकोमा एनबिएसएमलाइ बधाई समेत दिएका थिए । एनकासाले आयोजना गरेको क्रिकेट प्रतियोगीताको फाइनल खेल सम्बन्धि तयार गरिएको विशेष कार्यक्रम आउँदो सोमबार बेलुकी ६ :३० बजे र मंगलबार मध्यान्ह १२ बजे न्युज २४ टेलिभिजनको कार्यक्रम सिए सरोकारमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्