Skip to content

नझुक्किनुस् है ! नयाँ पत्रिकाले लेखेजस्तो सीएको पढाईमा यस्तो हुँदैन…

आजको नयाँ पत्रिकाले ‘बेरोजगार हुँदैनन् सिए’ शिर्षकको फिचर समाचार छापेको छ।  नयाँ पत्रिकाको २०७३ बैशाख २४ गते शुक्रबारको अंकमा उक्त शिर्षकको फिचर समाचार छापेको छ । तर समाचारबाट सिए पढ्न खोज्ने विद्यार्थीहरु आत्तिने खालको गलत कुरा लेखिएको छ भने आइक्यानका सम्बन्धित पधाधिकारीहरुको नाम समेत गलत लेखिएको छ ।  
विद्यार्थीलाई भ्रम पर्नेगरी के लेखियो गलत ?
फिचरको अन्तिम भागमा लेखिएको छ, ‘ सिएमा क्याप एक, क्याप दुई र क्याप तीन सबैमा उतीर्ण हुन सबै बिषयमा ५० प्रतिशत अंक अनिवार्य ल्याउनुपर्छ ।  यदी सबै बिषयमा ५० प्रतिशतभन्दा कम अंक आएमा सबै बिषयको परिक्षा पुन: दिनुपर्ने ब्यबस्था रहेको प्राविधिक निर्देशक अधिकारीले बताए । ‘ जुन् विद्यार्थीलाई भ्रम उत्पन्न गराउने किसिमको छ ।
सहिचाहिं के हो त ?
सिएका सबै तहमा हरेक बिषयमा न्युनतम ४० अंक  ल्याउनुपर्छ भने एग्रीगेट (औसत) मा ५० % अंक ल्याउनुपर्छ । नयाँ पत्रिकाले लेखेजस्तो सबै बिषयमा ५० प्रतिशतभन्दा कम अंक आएमा सबै विषयको परिक्षा दिनुपर्दैन । सिएमा ग्रुप प्रणाली हुन्छ । उदाहरणका लागि क्याप टुमा दुई समूह गरी कुल सात विषय हुन्छन् । पहिलो समुहमा ३ बिषय हुन्छ ।  यदि तीन बिषयमध्ये  पहिलोमा ४०, दोश्रोमा ४० र तेश्रोमा ७० ल्यायो भने पनि विद्यार्थी उतिर्ण हुन्छ । हरेक बिषयमा न्युनतम ४० र अग्रिगेटमा ५० आएको खण्डमा विद्यार्थी उतिर्ण हुन्छ । नयाँ पत्रिकाले लेखेजस्तो कुनै एक बिषयमा ५० प्रतिशत अंक ल्याएन भने पुन : सबै बिषयको परिक्षा पनि दिनु पर्दैन । कुनै बिषयमा ६० वा सो भन्दा बढी ल्याई ‘एकजम्सन’ ठहरिएमा अर्को पटकको परिक्षामा त्यो बिषयको परीक्षा दिनुपर्दैन ।
को हुन् रामचन्द्र अधिकारी ?
आइक्यानमा हाल रामचन्द्र अधिकारी नामको कोहि पनि कर्मचारी छैनन् । समाचारमा आइक्यानका प्राविधिक निर्देशक रामचन्द्र अधिकारी लेखिएको छ, जुन सरासर गलत छ ।  

प्रतिक्रिया दिनुहोस्