आईक्यानको चुनाव आउन केहि घण्टा मात्र बाँकी रहँदा नेपाली सिए बजारको माहोल निकै नै तातेको छ। आज विभिन्न उमेद्वारहरु आफ्ना मतदाताहरुलाई सम्पर्क गरी आईक्यानको परिचयपत्र ल्याउन सम्झाएको बाहानामा ‘क्रस चेक’ गरिरहेका छन्। अधिकांस उमेद्वारहरु आ-आफ्ना कार्यालयका काम छोडेर चुनावी दौडको अन्तिम कसरत गरिरहेका छन् भने कतिपय उमेद्वारहरु अझै केहिलाई भेट्ने क्रम मै छन्। यसै बीच उमेद्वारहरुले आ-आफ्नो जीत निश्चित भएको दावी गर्न समेत थालेका छन्। केहिले सामाजिक संजाल मार्फत आफ्नो जीत निश्चित भएको बताइरहेका छन् भने कहिले आफु निकटका उमेद्वारका लागि विभिन्न खाले लविंङ गरिरहेका छन्।यसैबीच नेपाल बोर्डका उमेद्वारहरुको स्थिति कस्तो छ भन्ने चर्चा पनि यतिबेला नेपाली सिए बजारमा चल्न थालेको छ।
के छ नेपाल बोर्ड का दुई उमेद्वारहरुको स्थिति ? : यसैबीच नेपाल बोर्डको प्रतिनिधित्व गर्दै चुनावमा उठ्ने दुई उमेद्वारले जित्छन् वा हार्छन् भन्ने अड्कल भईरहेका बेला दुवै सिएहरुले आफ्नो जीत निश्चित भएको बताएका छन्। सिए सरोकारसंग कुराकानी गर्दै सिए भवनाथ दाहालले पछिल्लो समयमा आफुलाई हराउन विभिन्न गुट-उपगुट लागिरहे पनि आफ्नो जीत निश्चित भएको बताएका छन् । ” आफु बिरुद्ध लागेका सबैलाई चिनेर बेग्लै पाराले नेपाल बोर्डका सिएहरुसँग लबिंङ गरिरहेको छु। त्यसैले मेरो जीत निश्चित छ।” सिए दाहाल ले भने। यता सुरेश देवकोटाले पनि आफ्नो जीत निश्चित भएको बताएका छन्।उनले आफ्ना एजेन्डाहरु प्रष्ट भएकाले पनि आफुले चुनाव जित्ने बताएका छन्।
के छ भवनाथ दाहालको स्थिति ? :चुनावको अन्तिम समयमा आएर भवनाथ दाहालका निकै भोटहरु थपिएको बुझिएको छ। आफ्नो नाम नबताउने सर्तमा एक सिएले सिए भवनाथ दाहालको भोट अपत्यारिलो पाराले बढेकाले उनले सम्मानजनक तरिकाले चुनाव जित्ने सिए सरोकारलाई बताए। यता नेपाल बोर्डकै केहि सिएहरु पनि आफ्नो बिरुद्धमा लागेको बताउँदै भाव नाथ दाहालले पछिल्लो समय अपत्यारिलो ढंगले आफ्ना भोटहरु बढेको बताएका छन्। नेपाल बोर्डका उमेद्वारलाई विभिन्न कारणले नआउने कतिपय नेपाल बोर्डकै भोटरहरुले अन्तिम समयमा आएर आफुलाई भोट दिने पक्कापक्की भएपछी यति बेला भवनाथ दाहाल चुनाव जित्नेमा ढुक्क छन्। यस अघि नेपाल बोर्डका उमेद्वार हरुले हार्ने चर्चा जवरजस्त चलाएर आफु माथि षडयन्त्र भएको भए पनि अन्तिम समयमा आफ्नो पक्षमा निकै नै सिएहरु आएका कारणले आफुले चुनाव जित्ने कुरामा आफु ढुक्क भएको सिए भवनाथ दाहाल बताउँछन्।
के छ सुरेश देवकोटाको स्थिति ? : नेपाल बोर्डका दुईउमेद्वार मध्येका एक सिए सुरेश देवकोटाले पनि आफुले चुनाव जित्ने दावी गरेका छन्। आफ्ना एजेन्डाहरु प्रष्ट भएकाले आफुले चुनाव जित्ने उनको दावी छ। सिए सरोकारसँग कुराकानी गर्दै उनले नेपाल बोर्डको सम्मानजनक सहभागिताका लागि पनि आफुलाई सबैले समर्थन गरेको बताउंदै आफ्नो जीत निश्चित भएको बताए। विशेष गरी एक व्यक्ति एक पेसा पूर्ण कार्वानयनको पक्षमा आफु भएकाले पनि आफ्नो जीत आवश्यक भएको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्