Skip to content

आइक्यान अन्तर्गत आउँदो जुनको परीक्षाका लागि प्रवेश पत्र वितरण सुरु

आइक्यान अन्तर्गत आउँदो जुन महिनाको पहिलो तारिखदेखि सुरु हुने परिक्षाका लागि प्रवेश पत्र वितरण सुरु भएको छ । आज बुधबारदेखि आइक्यान परिसरमा प्रवेशपत्र वितरण सुरु भएको हो । 

आफ्नो प्रवेश पत्र लिन जान केहि पनि आवश्यक पर्दैन । प्रवेशपत्र वितरण पुस्तिकामा हस्ताक्षर गरेपछि प्रवेश पत्र लिन पाइन्छ । केहि समयअघि रकम तिरेको रसिद वा आफ्नो परिचयपत्र लैजानुपर्ने व्यवस्था थियो । 

आउँदो जुन १ तारिखदेखि क्याप वान, क्याप टु, क्याप थ्री र सिए सदस्यता परिक्षा संचालन हुँदैछ ।    

प्रतिक्रिया दिनुहोस्