Skip to content

नेपाल बोर्डको पहिलो सिएले नै जित्नु भएन भने त हाम्रो के ईज्जत रह्यो र ? : नवराज बुर्लाकोटी

बरिष्ट सिए नवराज बुर्लाकोटीले नेपाल बोर्डका पहिलो सिएले नै आईक्यानको चुनाव नजिते नेपाली सिए बजारमा रहेका कसैको पनि ईज्जत नहुने बताएका छन्। सिए सरोकारसँग कुराकानी गर्दै सिए बुर्लाकोटीले यस्तो बताएका हुन्। समग्र सिए पेसालाई नै मार्गदर्शन दिने नेपालको पहिलो सिए भवनाथ दाहालको जित नै समग्र सिएहरु तथा नेपाली सिए बजारको जित भएको बताउँदै उनले  भवनाथ दाहाललाई जसरि पनि जिताउन सबै सिएहरुलाई आग्रह गरेका छन्। “नेपाल बोर्डको पहिलो सिएले नै चुनाव जित्नु भएन भने त हामी यहि पेसामा लागेका सिएहरुको के ईज्जत रह्यो र ?” उनले भने।  समग्र सिए क्षेत्रको बिकास,  आईक्यानमा भएको शैक्षिक प्रगति लगायेत विभिन्न कुराहरुमा भवनाथ दाहालको भूमिका निकैनै उल्लेखनीय भएकाले भवनाथ दाहाल जित्नुभएको समग्र सिए क्षेत्रकै जीत भएको बताएका छन्।

साथै उनले भवनाथ दाहाल नेपाल बोर्डको पहिलो सिए मात्र नभई सक्षम पनि भएको बतायेका छन्।  ‘सक्षमता’का आधारमा भोट हाल्ने भए पनि उहाँ उचित भएको र कुन बोर्डबाट सिए उतिर्ण गरेको भन्ने आधारमा भोट हाल्ने भए पनि उहाँको बिल्कल्प नरहेको उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्