Skip to content

सिए नेवि संघ चौथो बी.पी. स्मृति फुटबल टुर्नामेन्ट हिजोबाट सुरु

दिल्ली ब्यूरो 


सिए नेपाल विद्यार्थी संघ भारतले हिजो देखि लक्ष्मीनगरको ललितापार्क फुटबल ग्राउण्डमा चौथो बी.पी. स्मृति कप फुटबल टुर्नामेन्ट आयोजना गरेको छ।  हिजो देखि सुरु भएको उक्त टुर्नामेन्ट २१ अगस्ट सम्म चल्ने छ। “एकता, भाईचारा र अनुशासन” उजागर गरेर सबैमा एकताको सन्देश दिदै उक्त प्रतियोगिता प्रारम्भ भएको छ।  

हिजो टुर्नामेन्ट उद्घाटनको दिन जम्मा चार खेल खेलाईएको थियो। ८ बजे देखि सुरु भएको प्रतियोगितामा पहिलो खेलमा स्टार ११ ले इलाईट फुटबल क्लवलाई ६-० को अन्तरले हराएको थियो। त्यसै गरि दोश्रो खेलमा हैरान्स फुटबल क्लवलाई रियल यूनाइटेडले ४-० को अन्तरले हराएको थियो भने एन.एस.याच.याचले डेस्टिनेसन सिएलाई २-० को अन्तरले हराएको थियो।  हिजो भएको अन्तिम खेलमा एन.एस युनाइटेडले २-० को अन्तरले गाम्ले माथि जित हाशिल गरेको थियो।

बाकी रहेको सेमिफाईनल र फाईनल खेलहरु २१ अगस्टको दिन सोही खेल मैदानमा हुनेछ।  सेमि-फाईनलमा रियल युनाइटेडले स्टार ११ को सामना गर्ने छ भने एन.एस.याच.याचले एन.एस युनाइटेडको सामना गर्नेछ।

टुर्नामेन्ट बिजेता, उपबिजेता र तेश्रो टीमले क्रमशः ८,०००, ४,००० र २,५००  भारतीय रुपैया पाउने छन्। त्यसै गरि उत्कृस्ट खेलाड़ी, उत्कृस्ट गोल रक्षक र सर्वाधिक गोलकर्ताले पनि पुरष्कार पाउने छन्।

प्रतियोगिता निकै रोमान्चक ढंगले बढिरहेको र दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको एवं आउने आइतबारको सेमि-फाइनल र फाइनल खेलमा पनि सहभागी हुन सबैलाई संघका कार्यकारी सदस्य शिशिर बस्नेतले आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्