
ललितपुरमा सिएको अध्यापन गराउने भन्दै मेगा इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्सको नाममा सिए इन्स्टिच्युटको प्रचार गरिंदा पनि आइक्यानभने मौन बसेको छ । आइक्यानको नियम अनुसार नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थासँग मिल्दोजुल्दो नाम राख्न पाइँदैन । तर इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्सको नाम ‘दी इन्ष्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ नेपालसँग ठ्याक्कै मिल्दोजुल्दो छ ।
‘चार्टड’ शब्द राख्दैमा पनि आइक्यानसँग नाम मिलेको भन्दै अधिकांस सिए इन्स्टिच्युटले आफ्नो संस्थाको नाम परिवर्तन गरिरहेका बेला आइक्यानसँग ठ्याक्कै मिल्दोजुल्दो नाम राखेर मेगाले आफ्नो संस्थाको प्रचार गरिरहेको छ । ललितपुरका चोकचोकमा मेगा इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्सको नाम इंकित प्रचार सामाग्रीहरु रकहिएको छ भने विभिन्न टेलिभिजनमा समेत यहि नामको प्रचार गरिएको छ, जुन सरासर नियम विपरित छ । यसले कतै यो आइक्यानजस्तै अर्को संस्था त होइन भन्ने भ्रम पैदा भएको छ ।
काउन्सिल सदश्य भन्छन्, यो त सरासर नियम विपरित हो’ : यसबारे सिए सरोकारले सोधेको प्रश्नको उत्तर दिंदै एक काउन्सिल सदस्यले यसरी संस्थासँग मिल्दोजुल्दो नाम राख्नु नियम विपरित भएको दावी गरेका छन् । ‘यो त सरासर गलत हो । आइक्यानमा म यसबारे बुझेर के गर्न सकिन्छ अगाडी बढौंला । ‘
के भन्छन् मेगाका प्रतिनिधि ? : यसबारे बुझ्न सिए सरोकारले मेगामा फोन गरेको थियो । यसबारे कुरा सम्बन्धित संस्थाका प्रमुखलाई सोध्न खोज्दा फोन उठाउने कर्मचारीले एक पटक प्रिन्सिपल सरलाई सोधेर खबर गर्छु भन्ने जानकारी दिइन् । पछी पुन फोनको प्रयास गर्दा संस्थाका प्रमुख बाहिर गएको जानकारी दिइन् । मिडियालाई प्रतिकृया दिन नाखोजेकै शैलीमा उनले भनिन्, ‘सर बिजी हुनुहुन्छ रे, बाहिर जानुभएको छ रे ! पछि कुरा गर्छु भन्नुभएको छ। ‘
प्रतिक्रिया दिनुहोस्