
आइक्यानले केहि समयअघि गरेको दोश्रो करियर एक्स्पो फेरी पनि सुपर फ्लप भएको कुरा धेरैले विश्लेषण गरीसकेका छन् । तर एक्स्पोसँग जोडिएका केहि अचम्मलाग्दा तथ्य पनि छन् जसले आइक्यानको व्यवस्थापन कति कमजोर रहेछ भन्ने जानकारी दिन्छ ।
करियर एक्स्पोका लागि गरिने प्रचार प्रशार गलत तरिकाले गरिएपछि आइक्यानले गर्ने विभिन्न क्रियाकलाप कति सम्म कमजोर हुँदो रहेछ भन्ने फेरि एक पटक प्रमाणित भएको छ । आइक्यानले निमन्त्रणा कार्ड मात्र झन्डै ३० हजारको हाराहारीमा छापेको थियो, तर त्यसको कुनै तुक देखिएन ।
छाप्नका लागि मात्र छापियो :
आइक्यानले करियर एक्स्पोका लागि छापेको निमन्त्रणा कार्ड छाप्नका लागि मात्र थियो । ती निमन्त्रणा कार्ड उपत्यकाका केहि बाहेक कुनै पनि ठुला कलेजमा पुगेन। ती केहि कलेजमा पनि चैतन्य लगायत केहि सिए इस्न्तिच्युट हरुले पुर्याए । आइक्यानले केहि निमन्त्रणा कार्ड १२ सकेका वियार्थीहरुलाई बाढेको भएपनि मनलाग्दी हिसावले कुनै योजना विना काम गर्दा आइक्यान यसमानेमा पनि फेल भयो ।
मिडियामा पुग्दै पुगेन कार्ड :
आइक्यानले पत्रकार सम्मेलन गर्दा समेत नेपालका कुनै पनि ठुला मिडियाहरुलाई खबर गरेको थिएन । आइक्यानले छापेको कार्ड पनि कुनै पनि मिडियामा पुगेन। मिडियामा पुगेको खण्डमा केहि मात्रामा भएपनि एक्स्पोको चर्चा बाहिर आउने थियो । यस अलावा कुनै पनि अथिति, र अधिकांस आइक्यानका सदस्य, र कलेजका प्रतिनिधिलाई निमन्त्रणा कार्ड पुगेन ।
कति कार्ड स्टकमै छन् :
आइक्यानले छापेको कतिपय निमन्त्रणा कार्ड अझै पनि स्टकमा छन्। अव त्यो निमन्त्रणा कार्ड फाल्नुको कुनै विकल्प छैन ।
३०० विद्यार्थी पनि आएनन् :
आइक्यानको पहिलो दिनको तथ्यांक हेर्ने हो भने करिव १०० विद्यार्थीले एक्स्पो घुमे । जसमध्ये आइक्यानमै पढिरहेका विद्यार्थीहरुको संख्या ६० भन्दा बढी थियो ।
३० पनि भर्ना भएनन् :
आइक्यानले गरेको करियर एक्स्पोमै घुमेर कति विद्यार्थी भर्ना भए त ? भन्ने प्रश्न अर्को महत्वपूर्ण विषय हुनसक्छ । तर आइक्यानले गरेको करियर एक्स्पोनै घुमेर ३० विद्यार्थी पनि भर्ना भएका छैनन् । कतिपय एक्स्पोमा घुमेका विद्यार्थीहरु एक्स्पोमा सहभागी नै नभएका सिए इस्न्तिच्युटहरुमा भर्ना भएका छन् ।
प्रतिक्रिया दिनुहोस्