Skip to content

एनाकासाको निर्वाचन, क्याप टु बाट निर्विरोध, क्याप थ्रीबाट ५ जनाको उमेद्वारी

एनाकासाको यहि आउँदो बैसाख ११ गते हुने निर्वाचनका लागि क्याप थ्रीवाट ५ जना र क्याप २ वाट २ जनाले मात्र उम्मेद्वारी दिएका छन् ।
कुल ९ जनाको कार्यसमितिमा क्याप -३ वाट ४ जना निर्वाचनवाट र १ जना मनोनयनवाट कार्यसमितिमा आउनेछन् भने क्याप २ वाट २ जना निर्वाचन र १ जना मनोनयनवाट कार्यसमितिमा आउनेछन्  ।
क्याप टू  मा २ जनाको मात्र उम्मेद्वारी परेकाले दुवैजना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा रमेश पन्थी र मनिषा अवाल छन् । क्याप -३ वाट आउंदो कार्यसमितिका लागि ऋषिराम पोख्रेल ,रुषा गिरी , दिवस सुबेदी ,सुदेश पाण्डे र प्रवेश दाहालले उम्मेद्वारी दर्ता गराएका छन् । जसमध्ये कोहि एक जनाले उमेद्वारी फिर्ता लिएको खण्डमा क्याप थ्रीमा पनि निर्विरोध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्