Skip to content

आइक्यानदेखि अख्तियारसम्म ! के छ पछिल्लो अपडेट?

आइक्यान अध्यक्ष प्रकाश लम्शालले सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि त्यसले एकाएक नेपाली सिए क्षेत्र तातेको छ । अख्तियारमा उजुरी परेसँगै आइक्यानमा भएको सार्वजनिक खरिद ऐन विपरितको काम सम्बन्धि विभिन्नखाले टिकाटिप्पणी हुन थालेका छन् । अध्यक्ष विरुद्धनै अख्तियारमा उजुरी परेपछि आइक्यानभित्रै यस बिषयले निकै चर्चा पाउन थालेको छ भने सिएहरुबीचको भेटघाटमा पनि यो बिषयले स्थान पाउन थालेको छ ।
उजुरी परेको खबरपछि के गरे प्रकाश लम्षालले ? : आइक्यानमा नियम विपरित काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रकाश लम्षाल बाक्लो भेटघाटमा भएको स्रोत बताउँछ । स्रोतका अनुसार अख्तियारमा उजुरी परेपछि प्रकाश लम्षालले आइक्यानका केहि पूर्व अध्यक्ष, केहि आइक्यानका पार्षद्, र वकिलसँग कसरी अगाडी बढ्ने भन्ने बारे छलफल गरेका छन् । साथै उनले आइक्यानका केहि कर्मचारीहरुलाई समेत सम्पर्क गरी उजुरी दिने को हो पत्ता लगाउन निर्देशन समेत दिएका छन् । साथै उनले अख्तियारमा परेको उजुरीका सम्बन्धमा आइक्यानका कार्यकारी निर्देशकलाइ समेत मौखिक जानकारी गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट बाहिरिए लम्षाल : अख्तियारमा उजुरी परेपछि कसैले आफुलाई दुइ लाख मागेको भन्दै अख्तियारमा परेको उजुरीको गलत विश्लेषणको प्रयास गरेका आरोप लागेका लम्षाल फेसबुक ‘डीएक्टिभेट’ गरेर बसेका छन् । ‘एकाएक अध्यक्षज्युलाई फेसबुकमा देखिएन ।  पत्रकारलाइ ब्लक गरेको कुरा थाहा थियो । कतै मलाइ पनि ब्लक गरेकी भनेको त होइन रहेछ । उनले फेसबुक नै डीएक्टिभेट गरेका रहेछन् ।’ आइक्यानका एक कर्मचारीले सिए सरोकारलाइ बताए । उनका अनुसार अध्यक्ष लम्सालको ट्वीटर आइडी भने चलीनै रहेको छ ।   
अध्यक्ष निकट सिए भन्छन् : अध्यक्ष फस्ने भए : आइक्यानमा स्पष्ट रुपमै सार्वजनिक खरिद ऐन विपरित कार्य भएको र उक्त कार्य सम्पन्न समेत भइसकेकाले आइक्यान अध्यक्ष प्राकाश लम्षाल अख्तियारले अनुसन्धान गरेको खण्डमा फस्ने उनी निकट सिएहरुको भनाइ छ । आफ्नो निकै नजिकको सम्बन्ध भएकाले आफ्नो नाम उल्लेख नगर्न अनुरोध गर्दै उनी निकट एक सिएले भने, ‘ अध्यक्षज्यू कसरी हुन्छ यो लफडाबाट उम्कने प्रयास गरिरहेका छन् ।’ कुन तर्क दिएर यो लफडाबाट छुट्न सकिन्छ भन्ने कुरा सोच्नमा नै अध्यक्षको दिन बितिरहेको उनको दावी छ ।  
आइक्यान भित्रै देखियो स्पष्ट दुइ धार : यस बिषयलाई लिएर आइक्यानभित्रै पनि दुइ धार देखिएको छ । आइक्यानका अध्यक्ष प्रकाश लम्साल निकटका केहि कर्मचारी तथा काउन्सिल सदश्यहरु कुनै पनि हालतमा अध्यक्ष यो बिषयमा फस्न नहुने भन्दै गृहकार्य गरिरहेको र एउटा धार भने सार्वजनिक खरिद ऐन विपरित काम भएकाले दोषीमाथि छानविन हुनुपर्ने अडान लिएर बसेको स्रोत बताउँछ ।
छानविन हुँदैछ : अख्तियार प्रतिनिधि : यस विषयमा सिए सरोकारले सोधेको प्रश्नमा अख्तियारका प्रतिनिधिले अख्तियारमा परेका सबै उजुरीहरुउपर  क्रमिक रुपमा छानविन हुँदै गरेकोले यस उजुरीका सम्बन्धमा पनि छानविन भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्