
कसैको डर नभएपछी कानुनको धज्जी उडाउनेहरुको बिगबिगी हुनु सामान्य नै हो । आफु निकटका मान्छे नेतृत्व तहमा पुगेपछि कसैले मनपरी गर्नुपनि अस्वाभाविक होइन । तर नियमको धज्जी उडाउनुको पनि हद हुन्छ । यी तश्वीरहरु आफैं बोलिरहेका छन् ।
आइक्यानको नियम अनुसार लेखापरिक्षण सम्बन्धि यसरी भड्किलो प्रचार गर्न पाइंदैन । लेखापरीक्षण फर्मका लागि निश्चित मापदण्ड बनाइएको छ । फर्मले प्रयोग गर्ने बोर्डको समेत साइज तोकिएको छ । तर कमजोर नेतृत्वको फाइदा उठाउँदै बजारमा मनपरी चल्न थालेको छ ।
माथिको तस्वीरलाइ एक पटक राम्रो सँग नियाल्नुहोस् । उक्त लेखापरिक्षण फर्मले राखेको सटर बिज्ञापन आइक्यानको मापदण्ड विपरित छ ।
अझ त्यहाँ स्पष्टसँग आफुहरुले ट्रायल ब्यालेन्स, पीएल एकाउन्ट जस्ता ‘फाइनान्सियल स्टेटमेन्ट’ हरु बनाउने सेवा पनि दिने उल्लेख भएको छ जवकी त्यो लेखापरिक्षण फर्मको काम होइन । आइक्यान ऐनमा यस्तो बिज्ञापन राख्न नपाइने स्पष्ट ब्यबस्था छ ।
यो त प्रतिनिधि उदाहरण मात्र हो । यसरी बजारमा नियम मिच्नेहरुको ताँती ठुलो छ । तर यसरी नियम मिच्नेहरुलाई कारवाही समेत भएको छैन । विशेषगरी विभिन्न कर कार्यालयहरुमा नियम यसरी मिच्नेहरुको दबदबा छ ।


प्रतिक्रिया दिनुहोस्