Skip to content

‘शान्तिको पुकार’, सिए विद्यार्थी आर.एन विकीको लेख

अनिश्चित भविष्यको आशंख्मय पीडा खप्न नसकी ह्रदयको चोट खायकी गर्भिणी रात जन्माउछीन,लंगडा,लुला रकुचिएका बिहानीहरु र त्यसै बिहानीको कीरणसंग जब म बिउझन्छु,अनि देख्छु त्यहि लंगडा,लुला,र कुचिएका किरणहरु। दुख: र चोटहरु खाएकी पारिजातका आँसुहरु, जब म टेक्छु अनि भिज्छु तेँही आँसुहरुको साथमा

कहिले विश्वनै उज्यालो बनाउने चन्द्रमाको गीत त कहिले शुन्य रातको रुवाई यसरीनै सुरु हुन्छ मेरो एउटा नांया  दिन अर्को नांया दिन अर्को अनी अर्को नंया दिनहरु । चिल र गिद्धहरुउडिरहेको आकाश शोकमा डुबेको देख्छु मेरा मनका  रहरहरु,नमिठो संगीतको धुन मानौ लासलाई आर्यघाट लैजादैगरेको संगीत, म डराउछु आतिन्छु ति संगीतबाट ति आकाशमा  उडीरहेका गिद्ध र चिलहरुबाट, अनि छिप्पीन्न आटेको जाँडको घैटो जस्तैउत्तेजित टाउको उचालेर हेर्छु ति आकाशमा जांहा उडिरहेका छन चिल र गिद्दहरु,हतार-हतार आउने र जाने जुवाड़ीको खल्तीका  नोट जस्तै चौरीयका अशंख्य नंया दिनहरु ।

घुमिरहेछ पृथ्वी आफ्नै धुरीमा निरन्तर,तर जब आकाशमा नीला ब्रह्माण्ड माथि कालो बादल देख्छु, आनि सम्झन्छु ति मेरा सारा बातहरु तेही मेरो आनिस्चित  भविस्य, अनि खुम्चंछु आफूमै जसरि एउटा कछुवा खुम्चंछ आफैमा । म देख्छु मानवजाति  पशुहरुलाई जहाँ प्रतेक व्यक्ति टन्न छन्  उतेज्नाले वेग्ला वेग्लै बाजीमा थापीएका शिकाझैँ,आकाश तेही छ पुरानो, तर अब त्यहाँ चूचोमा खर बोकेर गुड बनाउन लम्केका  गौथली हैन  हजारौ मेगाटन विस्फोटक बोकेर उड़छन  रकेटहरु, क्षितिज तिनै छन् घाम उदाउने र अस्ताउने तर अब त्यहाँ थकित सुर्य पल्टनछ्न अंतर्महादिप्यक्षेप्यास्त्रको शिरानी हालेर ।म बेचैन छु जब म देख्छु मेरो विश्वलाई, म आतिन्छु जब देख्छु विश्वको मलाई।

म मेट्न खोज्छु आफु भित्रको दुर्गन्धलाई जसरी एउटा शंकालु बादंरको एक चोटी हात गँहाउछ अनि बगैँचालाई उजाड र आफ्नै हात लाई लुलो बनाऊछ।त्यसरीनै घोट्दैछु आफैमा आफुलाई, किन सक्दिन म “स्कास अन र राक्स”मा आफुलाई जलविहार गेरर आफ्नो जलन मेट्न?किन सक्दिन आफ्ना कोमल भावनालाई “लोलिटा” झैँ कुल्चिन?किन सक्दिन म डुब्न”वियोथन” को सिन्फ़ोनिमा? किन”ट्रम्पेट र क्यारोनेटको” मुख हेर्दा हेर्दै परिवर्तित हुन्छ मेरो तोपको नालहरुमा?बिर्सन खोजछु आफैमा ६० लाख मारेका महान हिटलरकोगाथा, तर पनि असफल हुन्छू तेही पुरानो भाकामा,किन जलिरहेछ मेरो मन त्यहि ग्याँस चेम्बेरमाजहाँ लाखौमानव पशूहरुलाई जलाईएका छन्, जहाँ हजारौ चित्कारहरु कराईरहेकाछन्, म बिर्सन खोज्छु र  कान बन्दगर्न खोज्छु, तर किन मेरो कान मेरो आदेशको पालना नगरी उतै तिर दौडीन्छ,जसरी महाभारतमा संजयको दिब्यदृस्टी रणभूमिमा आदेश बिना दौडेका थिए।

म निरास्छु,खोजि रहेछु त्यो २ जोडी परेवा जो जन्म-जन्मका साथी बनेर खुल्ला आकाशमा उडेका थिए, खोजि रहेछु त्यो पवित्र जल जुन आँशू बनेर होइन अषार महिनाको पानी बन्नुंन जहाँ लाखौ किसानहरु अन्न बनेर हासुन्, म खोजि रहेछु त्यो शान्ति लाई।

आँहा मलाई थाहा छ त्यो शान्ति कहाँ छ। शान्ति हेर उ त्यहाँ साँढे जुझाईको माझमा छ तर किन म शान्त हुन सक्दिन,घाँटीको दार्हीमा अस्तर चलाउन दिरहेको मान्छे जस्तो मेरो निम्ति शान्ति जड्याँहा जाँडो मान्छेकोस्वानीकोगर्भमा छ। आँहा कति छिन्न छ मेरो आशा, हाम्रो आशाएउटा कलिलो, हसिलो संसार को न्वारंग गर्नेर शान्त बनाउने।

आर.एन.विक्की

सिए अध्यनरत

प्रतिक्रिया दिनुहोस्