Skip to content

सिमाले भ्रम बाँडीरहेको सरोकारवालाहरुको गुनासो…कर्मचारीले भुलबस् गलत सुचना छापे: बिजय पाठक

केहि समयअघि पत्रकारलाई दुर्ब्यबहार गरेको समाचारले सिए बजारमा नकारात्मक छाप छोड्दै सरोकारवालाहरु माँझ बिबादमा मुछिएको सिमा एकेडेमिक्स फेरि पनि बिबादमा मुछिदै गएको छ ।  पछिल्लो समय आईपीसीसीको नतिजालाई लिएर सिमा एकेडेमिक्सले आफ्नो फेसबुक पेजमा राखेको बधाई संदेशले भ्रम फैलाएको भन्दै सिमाले अंकित गरेको बिधार्थीका आफन्तले कमेन्ट गरेपछी  अहिले नेपाली सिए बजारमा  सिमा एकेडेमीक्सका बारेमा नकारात्मक चर्चा हुन थालेको छ।
सिमाको बधाई संदेशमा भ्रम फैलाईएको भन्दै आपत्ति : सिमा एकेडेमिक्सले आफ्ना बिधार्थीहरुलाई केहि समय अघि बधाई दिंदै विभिन्न बिधार्थिहरुको तस्बिर सहित फेसबुकमा आफ्नो बधाई संदेश छापेको थियो।  जसमा ‘अनुप आचार्य ‘ नाम गरेका एक बिधार्थी आफ्नो बिधार्थी भएको र उनले ग्रुप वान पास गरेको भन्ने बिम्ब संदेशका साथ सीमाले एक प्रचारात्मक तस्बिर छापेको थियो।  तर उक्त तस्बिरमा सीमाले खुलाएजस्तै अनुप आचार्यको नतिजा नभएको भन्ने उनका आफन्तले प्रतिक्रिया दिएका छन्। आफु र अनुप आचार्य दाजु भाई भएको बाताउने अशिम आचार्यले अनुप आचार्यले सिमामा सीपीटि मात्र पढेको,र आईपीसीसी अन्यत्रै पढेको बताएका छन्।  सिमाले उक्त तस्बिरमा आईपीसीसी उतिर्ण गरेका बिधार्थीहरुलाई बधाई भन्दै तस्बिर पोस्ट गरेको थियो।  उता अनुप आचार्यले ग्रुप वान उतिर्ण गरेको भन्दै बधाई दिईएकोमा अनुप आचार्यले दुवै ग्रुप उतिर्ण गरेको र ४ बिषयमा ‘एक्जम्सन’ समेत ल्याएको अशिम आचार्यले दाबी गरेका छन्। साथै उनले सिमालाई  ‘LOL’ अर्थात व्यंग्यात्मक रुपमा हाँसोको पात्र भएको प्रतिक्रिया दिएका छन्।  उनले प्रतिक्रियामा तथ्य बाहिर ल्याउनु पर्ने बताउंदै सीमाले गरेको प्रचार ‘हावा’ भएको प्रतिक्रिया दिएका छन्। उनको कुरामा सहि थाप्दै अन्य केहिले समेत ‘सहि कुरो ‘ भन्दै उनलाई साथ दिएका छन्।अशिम आचार्यको उक्त कमेन्ट केहि समय अघि डिलिट गरिएको छ।

किन डीलिट गरियो कमेन्ट ? :सामान्यतया कमेन्टमा अपाच्य वा फोहोर शब्दको प्रयोग गरिएमा त्यसलाई हटाउने चलन छ । अझ सिमाजस्तो चलेको भनिएको संस्थाका बारेमा यसरि कसैले खुलेआम प्रश्न उठाउँदा किन त्यसको प्रतिबाद गरिएन भन्ने अर्को प्रश्न हो । त्यसलाई हटाउनुको सट्टा उक्त कम्नेटलाइ आफ्नो नतिजाका बारेमा जानकारी दिंदै सीमाले किटानी गरेको नतिजालाइ किन बाहिर ल्याउन सकेन भन्ने प्रश्न पनि उठेको छ। अन्यथा सीमाले कमेन्ट हटाउँदै गर्दा यसलाई सिमाको कमजोर मानाशिकता वा झुट लुकाउन खोजेको भन्ने विश्लेषण पनि थुप्रै सरोकारवालाहरुले गरिरहेका छन्।

६०% नतिजामा पनि प्रश्न : सीमाले आईपीसीसीको नतिजामा आफुले ६० % बिधार्थीहरु उतिर्ण गराउन सफल भएको बताएको छ।  तर कति बिधार्थी परिक्षामा सामेल भएका थिए र कति उतिर्ण भए भन्ने बारे सीमाले कुनै पनि तथ्य सार्वजनिक गरेको छैन।  सीपीटि मात्र आफुले पढाएको बिधार्थीलाई आईपीसीसीको नतिजामा कसरि र किन उल्लेख गरियो  भन्ने बिषयले पनि सिमाले दाबी गरे जस्तै ६० % नतिजा ल्याएको हुनै नसक्ने दाबी गर्छन सिए बजारका केहि सरोकारवालाहरु। यसरि मनलाग्दी हिसावले बजारमा आफ्नो प्रचार गरी सीमाले भ्रम फैलाएको भन्दै नेपाली सिए बजारका केहि सरोकारवालाहरु असन्तुस्ट छन्। अझ कहिले त सिमाका शेयर होल्डर (आरोप लाउनेहरुका अनुसार प्रकाश लम्शाल पनि सीमाका शेयर होल्डर हुन्।  यध्यपी प्रकाश लम्शाल भने आफु सीमाको शेयर होल्डर नभएको बताउँछन् ) प्रकाश लम्शाल आईक्यानको उपाध्यक्ष भएका कारण त्यसको आडमा आफुलाई कसैले पनि छुन नसक्ने घमण्डका कारण सीमाले यस्तो मनपरी गरिरहेको बताउँछन् ।

के भन्छन् बिजय पाठक ? : सिमा एकेडेमिक्सका कोअर्डिनेटर बिजय पाठकलाई सिमाको नतिजामा पढ्दै नपढेको बिधार्थीलाई  बधाई भन्ने छापिएकोबारे सिए सरोकारले सोधेको प्रश्नको उत्तर दिंदै उनले आफ्नो कर्मचारीहरुले भुलबस्  उक्त तस्बिर छापेको बताएका छन्।  ” म बिधार्थीहरुको रजिस्ट्रेसन गर्न दिल्ली गएको थिएँ। सिमामा २ जना अनुप आचार्य भएका कारण   सीपीटि मात्रै सिमामा पढेको र आईपीसीसी अन्यत्रै पढेको बिधार्थीको तस्बिर भुलबस् छापिएछ।  सीमामा अध्ययनरत अनुप आचार्य नाम गरेका एक बिधार्थीले भने आईपीसीसीको एक ग्रुप सिमा मै पढेर पास गरेका हुन्।  ” बिजय पाठकले सिए सरोकारलाइ भने। अनि तस्बिर कसरि अर्कोको पर्यो भन्ने सिए सरोकारको प्रश्नमा बिजय पाठकले भुलबस् त्यस्तो भएको बताएका  छन्।  सामान्यतया बिधार्थीको फारम भर्दा नाम र फोटो संगै हुने भए पनि बिजय पाठकले भने आफ्ना कर्मचारीहरुले भुलबस् त्यस्तो गरेको र गलत सुचना दिने कुनै पनि बद्नियत नभएको स्पस्ट पारेका छन्।  प्रकाश लम्शाल अध्यक्ष भएपछी त्यसको आडमा सीमाले मनपरी गरिरहेको गुनासो छ नि ? भन्ने सिए सरोकारको प्रश्नमा बिजय पाठकले त्यस्ता खालका प्रतिक्रिया स्वोभाविक रुपमा आउने तर त्यस्तो नभएको बताएका छन्।  सिमाको ६० % नतिजाका बारेमा पनि बजारको गुंनासो छ नि ? भन्ने सिए सरोकारको प्रश्नमा उनले आफ्नो नतिजा ६०% भन्दा पनि माथि भएको दाबी गरेका छन्।  कतिपय अवस्थामा नतिजा अपडेट नहुने बताउंदै उनले सिमाको नतिजा ६०% भएको स्पस्ट पारेका छन्। आफ्नो संस्थामाथि लागेको त्यस्तो आरोपलाइ खण्डन गर्नुको सट्टा कमेन्ट नै डिलिट गर्नु भयो नि ? भन्ने प्रश्नको उत्तरमा उनि भन्छन् ,” कमेन्ट गर्ने अशिम आचार्य पनि हाम्रै बिधार्थी हुन्।  मैले बिहानै ऊसंग कुरा गरिसकें र उनकै अनुरोधमा कमेन्ट डिलिट गरेको हुँ।

प्रतिक्रिया दिनुहोस्